तरकारी खेतीले बदलियो जिवन

तरकारी खेतीले बदलियो जिवन

निर्मल अधिकारी 
दैलेख - भैरवी गाउपालिका वडा नं-२, रावतकोट, कैन निवासी ५६ वर्षिय रुपकला थापाका श्रीमानको १८ वर्ष अगाडी मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि जिवन निर्वाहका लागी निकै कष्ट गर्नुभयो  । उहाँका २ छोरा र ४ छोरी थिए । आफनो रोजगारी पनि थिएन् । गाउँमै श्रम गरेर खाउ भनेपनि केही काम पाइदैन्थ्यो । पैसाको अभावमा श्रीमानको उपचार गर्न नसकेकी रुपकलाले छोराछोरी विद्यालय पठाउन सक्ने स्थिती पनि थिएन् । 

सोसेक नेपालको आधार परियोजनाले समुदायका यस्तै विपन्न तथा एकल महिलाहरुको लागि क्षमता विकास तथा आयआर्जन क्रियाकलाप सञ्चालन गर्ने उद्धेश्यले महिला जागरण समूह गठन ग¥यो । उहाँको सहभागीता समूहको बैठकमा नियमित हुन्थ्यो । जिवन निर्वाहका लागि रोजगारी बाहेक अन्य कामहरु गर्न सकिनेरहेछ भन्ने समूहको बैठकमा उहाँले जानकारी पाउनुभयो  । 

हरेक महिना सञ्चालन गरिने समूहको बैठकमा फरक विषयमा छलफल हुन्थे । कृषि, कृषि प्रविधि, आत्मनिर्भरका लागी व्यवसाय सञ्चालन, छाउपडी प्रथा र सामाजिक विभेदहरुको बारेमा हुने छलफलमा उहाँ सक्रिय सहभागी जनाउनुहुन्थ्यो  । उहाँले, सोच्नुभयो जिवन निर्वाहका लागि कृषि खेती पनि गर्न सकिन्छ । 

रुपकलाले तरकारी खेती गर्ने निधो गर्नुभयो । परियोजनाले उहाँलाई पोली हाउस, सरल थोपा सिचाई ड्रम, सिचाई पोखरी मर्मत र बिउविजन लगाएत प्रविधिक सहयोग ग¥यो । उहाँले, नियमित वेमौसमी तरकारी उत्पादन गर्न सुरुवात गर्नुभयो  । पहिला पहिला त तरकारी विक्रि पनि भएन् । नजिकै तरकारी सँकलन केन्द्र पनि नभएको र गाउमा पनि सबै तरकारी विक्रि नहुने भएकाले डोकामा बोकेर डाडीमाडी लगाएतका स्थानीय बजारमा विक्रि गरेको रुपकला बताउनुहुन्छ । पहिला गाउँमा तरकारी पनि खादैन्थे', उहाँले भन्नुभयो, 'मैले तरकारी खान पनि सिकाए । पहिला विक्रि नहुने तरकारी पछि घरबाटै विक्रि हुन थाल्यो ।'

रुपकलाले आफनो व्यवसायलाई विस्तारै वढाउदै जानुभयो । परियोजनाले उनीहरुलाई प्रस्तावना पत्र लेखेर कृषि कार्यालय लगाएतका निकायमा पेश गर्नपनि सिकायो । त्यसपछि उनीहरुले पालिका लगाएतका अन्य निकायमा प्रस्तावना पेश गरी श्रोत संकलन गर्ने गर्नुभयो  । उनीहरुको समुदायमा अहिले पक्कि टनेल, सिचाई पोखरी र गड्यौलाबाट अर्गानिक उत्पादन गर्ने गरिन्छ । अर्गानिक तरकारी उत्पादनका लागि गड्यौला मल उपयुक्त हुने र तरकारी खेती बाट प्रतिफल पनि राम्रो लिन सकिने उहाँको अनुभव छ । 

उहाँले, तरकारी खेतीसँगै १० वटा बाख्रा पनि पालेको बताउनुभयो् । उहाँको तरकारी खेती र बाख्रपालन व्यवसायबाट बार्षि १ लाख जति कमाई हुन्छ । भएको आम्दानीले छोराछोरीको पढाई खर्च र दैनिक जिवन निर्वाहका लागि चामल, नुन, तेल र कपडामा खर्च गर्ने गरेको उहाँको भनाई थियो । 

उहाँ गाउपालिकाको उत्कृष्ट किसान समेत हुनुहुन्छ । गाउँपालिकाले आयोजना कृषि मेला प्रदसनीमा काउली, बन्दा, टमाटर उत्पादन गरेवापत उत्कृष्ट किसानमा ३ पटक सम्मानित समेत हुनुभएको थियो  । उहाँ भन्नुहुन्छ्, 'धेरै जसोलाई तरकारी व्यवसायबाट जिवन निर्वाह गर्न सकिदैन भन्ने लाग्छ । तर मेरो लागि जिवन निर्वाह गर्ने आधार कृषि व्यवसाय बन्यो । यही कृषि व्यवसायबाट दैनिक जिवन निर्वाह सहज बनाए अनि छोरीलाई स्नातक सम्म पढाए ।' 
 

प्रतिक्रिया