भरुवा बन्दुक सहित सल्यानमा एक पक्राउ
![भरुवा बन्दुक सहित सल्यानमा एक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/banduk_8cWNAxn6HF_g6flvxp36sk380mopkab3xab6vrlxifmwpe545emilocnxan0phec4tnhlx3_e3lGPVW4Lw_eji7zlufl09bvvp65k92jhfvv1hnuvosf2vogb3d2egyb5thnbcqkld9koh2_kaE909jQZo_h2ja3yxehjepe85ywmplzqbg7lvm6gg4fwgvlersvowlgdlbzplxp6rjbv64_Nmfm9lrF9W_9tbb1decdmvsgrkxv69xotujdsqfverymxdopddw42mivvbjcy3tvhfir0u1.jpg)
सल्यान - सल्यान प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका १ काँडा टाट्केका २६ वर्षीय धनराज कामीलाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
अवैध भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाको आधारमा कामीको घरबाट बन्दुक सहित ५ थाना गोली, ११ थान केप र ९ थान छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अवैध हात हतियार खरखजना मुद्यामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमालाले जानकारी दिनु भयो । सल्यान जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।
फरार अभियुक्त पक्राउ
लागु औषध मुद्दामा फरार अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका १ खहरेखोलाका ६८ वर्षीय शेर बहादुर बुढा रहेका छन् ।
बुढालाई सल्यान जिल्ला अदालतले २०६८ मा लागु औषध ९चरेस० मुद्यामा १ वर्ष ४ महिना २८ दिनको कैद भुक्तानको फैसला गरेको थियो । उनलाई घरबाटै नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमालाले जानकारी दिनु भयो ।
प्रतिक्रिया