सल्यानको छत्रेश्वरीमा तेश्रो अध्यक्ष कप सम्पन्न

सल्यानको छत्रेश्वरीमा तेश्रो अध्यक्ष कप सम्पन्न

सल्यान -   सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न तेश्रो अध्यक्ष कप अन्तर्गत सबै खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । भोटेचौरमा मंगलबार सम्पन्न गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ ले पहिलो स्थान हाँसिल गरेको छ ।

 यस्तै वडा नम्बर ४ ले दोश्रो र वडा नम्बर २ ले तेश्रो स्थान हाँसिल गरेको गाउँपालिकाले जनाएको छ । पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

अध्यक्ष कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा भिमसेन बुढा र प्रदीप चन्दको समूह पहिलो तथा नेव बहादुर रावत र शुकलाल बुढाथोकीको समूह दोश्रो भएको छ । विजेतालाई क्रमशः १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

यस्तै ब्याडमिन्टन प्रतियोगितामा भरत बस्नेत र विजन वली तथा हेमराज केसी र माधन खड्काको समूहले सान्तवना स्थान हाँसिल गरेको थियो । सान्तवना स्थान ल्याउने खेलाडीहरुलाइ पनि नगद एक हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट भलिवल खेलाडीको रुपमा अभिषेक चन्द र उत्कृष्ट व्याडमिन्टल खेलाडीको रुपमा विजन वलीलाई पुरस्कृत गरिएको थियो ।

स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्दै परिश्रमि खेलाडीहरु उत्पादन संगै खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गरेको हो ।तेश्रो गाउँपालिका अध्यक्ष कप अन्तर्गत सञ्चालन गरिएको महिलाहरुको एकल नृत्य प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई सोमबार नै पुरस्कार वितरण गरिएको थियो ।

 समापन समारोहमा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक लगाएतले पुरस्कार प्रदान गरेका हुन् ।

भलिवल प्रतियोगिताको निर्णायकमा कैलाश चलाउने र सुरेश घर्ती, ब्याडमिन्टन प्रतियोगिताको निर्णायकमा दिपक बुढाथोकी र ज्योती सुनार तथा नृत्य प्रतियोगिताको निर्णायकमा भरत रोकाय, कल्पना डाँगी र कमला घर्ती रहेका थिए । समापन कार्यक्रमको सहजिकरण खडग शाहीले गरेका थिए ।

प्रतिक्रिया