क्यान्सर पीडित ओलीको उपचारका लागि परिवारद्धारा सहयोगको याचना

क्यान्सर पीडित ओलीको उपचारका लागि परिवारद्धारा सहयोगको याचना

रुकुम पश्चिम-  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ की क्यान्सर पीडित बिष्णी ओलीको उपचारले सहयोगको याचना गरेका छन् ।

बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेकी बिष्णीको उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका हुन् । बिष्णीलाई भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर पुष्टि भएको थियो ।

सहयोग गरेर श्रीमतिको ज्यान बचाइदिन श्रीमान दलबहादुरले आग्रह गर्नुभएको छ । आर्थिक अवस्था निकै कमजोर रहेकोले श्रीमतीको उपचारमा समस्या भएको उहाँले बताउनुभयो । हालसम्म जसोतसो उपाचार गरिरहेको र अब उपचार गर्न मुश्किल अवस्था आएपछि सहयोगका लागि सबैमा अपिल गरिएको उहाँले बताउनुभयो  । 

सहयोगका लागि खाता नंः– 0771455966023001
बैंक– Laxmi sunrise Bank
खातावालाको नामः– बिष्णी ओली

प्रतिक्रिया