चार दशकदेखी एउटै माग,‘हामीले लालपुर्जा कहिले पाउँछौं’

चार दशकदेखी एउटै माग,‘हामीले लालपुर्जा कहिले पाउँछौं’

             दैलेख । २०४० सालमा आएको साविकको सात्तला –६ का २१ दलित परिवारको खेतीवारी बाढी पहिरोले बगाईदियो । बाढीपहिरोले खेतीबारी बगाएपछि सुकुम्बासी बनेका दलित परिवारलाई गाउँकै ठालु भलादमीले सुकिपिप्ली जंगलमा बस्ती बसाले ।   पिडित दलित समुदायले जंगल मासेर टहरा निर्माण गरि बास बसे । 
तर सुकिपिप्ली बस्तीमा बसोबास गरेको ४० बर्ष पुगिसम्दा पनि २१ घरपरिवारका दलित समुदायले अझै सम्म लालपुर्जा पाएका छैनन् । लालपुर्जा देखेर मर्ने चाहना भएका कतिपय व्याक्तिको लालपुर्जा पाउने आश आशैमा मुत्यु भईसकेको छ । 

  बाढी पहिरोले उठिसबास लगाएर चारदशक सम्म सुकिपिप्लीमा बस्दै आएका धनरुप नेपाली यतिवेला ६९ बर्षका भए । १२ बर्षकै उमेरमा सुकिपिप्लीमा बसाई सारेका धनरुपको कपाल फुलेर सेताम्य भईसकेको छ । लालपुर्जा पाउने आशा जीवितै रहेको बताउनुभयो । “आशा त कहाँ म¥थ्र्यौ । आशै आशले यतिका बर्ष विते । यो सडकमा कोही नयाँ गाडी चढेर आयो की लालपुर्जा दिने मान्छे हुनकी भनेर हेरिरहन्छौ । जब गाडी वेवास्ता गर्दै ठाटीकाँध पालिकातिर लाग्छ,मन खिन्न हुन्छ,उहाँले भन्नुभयो ।  

नेपालमा ठुल–ठुला राजनीति परिवर्तनले व्यवस्था बदलिए । सुकिपिप्लीको चौरमा बस्दै आएका दलित समुदायको अवस्था ज्यूँकात्यूँ नै छ ।  त्यहाँका दलित समुदायका अवस्थाले संघिय,प्रदेश र स्थानीय सरकारलाई कम्ती गिजोलेको छैन । लामो समयदेखी जंगलमा बस्दै आएका दलित समुदायप्रति लालपुर्जा दिलाई दिने आश्वासन पाए पनि लालपुर्जा पाएका छैनन् । ती समुदायका बृद्धबुद्धालाई आजभोली एउटै चिन्ताले बारम्बार सताउने गरेको छ, “लालपुर्जा नदेखेरै मर्ने भईयो ।” लालपुर्जाकै आशलाई एक पुस्ता नै पराई भईसक्यो,अब दोस्रो पुस्ताले पाएपनि हुने ७० बर्षिय कपुरे नेपालीले  दुखेसो पोख्नुभयो । 
                 गाउँकै बुद्धिजिवी,भद्रभलादमी कै सहमतिमा हामीलाई यहाँ ल्याएर राखे । ,आजभोली जस्तो बस्ती थिएन । घना जंगलमा जंगली जनावरको उत्तिकै डरत्रास थियो । तर पनि २१ घर दलित परिवारले डरत्रासमै ४० बर्ष वितायौं । ‘राती सुत्न सकिदैन थियो । जताततै जंगली जनावरले कतिखेर आक्रमण गर्छकी भन्ने चिन्ता थियो । बालबच्चालाई सुताएर जाग्राम बस्नु पथ्र्यौ । दिनमा सुत्यौं । राती डियुटी दिनुपथ्र्यौ । बस्तीमा पानीको पनि उस्तै समस्या थियो । घना जंगल भएकोले एक्लै पानी ल्याउन जान सकिदैन थियो । समुह बनाएर आवाज निकाल्दै दुई घण्टा पैदल हिडेर चिनेखोलाबाट पानी ल्याउनुपथ्र्यौ’ उहाँले भन्नुभयो । 


 
       तर त्यही सुकिपिप्ली बस्ती आजभोली केन्द्रविन्दु बनेको छ । तलतिरबाट मध्यपहाडी राजमार्ग र सुकिपिप्ली बस्तीको बिचबस्तीबाट रामघाट सिगासैन सडक गएको छ । खुल्लाचौर भएकोले सुकिपिप्ली बस्ती सडक सञ्जालमा जोडिएपछि बस्तीका बासिन्दा सुविस्ता हुने आशा पलाए पनि त्यहाँभन्दा बढी निराशा छाएको लालबहादुर नेपालीलेदुखोसो पोख्नुभयो । ‘हामी गरिबलाई पहिला जंगली जनावरले खालाँ भनेर सात्तलाका ठालु भलादमीले जंगलमा बास बसाँले । सडक सञ्जालसँग यो बस्ती जोडिएपछि सबै मेरा बाबु बाजेको भनेर जग्गा नाप्न दिएन । अहिले सम्म हामी सुकुम्बासी नै छौं ।’

प्रतिक्रिया