धुवाँले निस्सासिएर दिदी बहिनीको मृत्यु,नवजात शिशुको अवस्था गम्भिर

धुवाँले निस्सासिएर दिदी बहिनीको मृत्यु,नवजात शिशुको अवस्था गम्भिर

दैलेख - जुम्लाको चन्दननाथ नगरपालिकाको कालेखोलीमा धुवाँमा निस्सासिएर दिदीबहिनीको मृत्यु भएको छ। पातारासी गाउँपालिका -६ घर भएका उनीहरुको धुवाँले निस्सासिएपछि उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु चन्दन्दननाथ नगरपालिका बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मुत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकाया रहेका छन्। जुनमाया सुत्केरी दिदीलाई सहयोग गर्न गएकी थिइन्। गएको आइतबार साझ ११ दिनको शिशुलाई सेक्ने क्रममा निस्सासिएका दुई दिदी बहिनीको सोमबार बिहान उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। ११ दिनकी सुत्केरी मायालक्ष्मीको उपचारको क्रममा सोमबार मृत्यु भएको हो भने उनकी १९ वर्षीय बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख  छेदीलाल कामतीकाअनुसार तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली शिक्षण अस्पतालमा लगिएको जानकारी दिए  । उनले भने, जानकारी पाउनसाथ हामी घटनास्थल पुगेका थियौँ। त्यहाँ पुग्दा सुत्केरीलाई तताउन आगो बालेको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै थियो ।  सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेर हेर्दा  ११ दिनका शिशुसँगै दिदीबहिनी निस्सासिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 दुईतले घरमा बस्दै आएका थिए। सुत्केरी भएकाले तेलमा मेथी तताउन र ११ दिनको बच्चालाई सेकाउनका लागि आगो बालिएको थियो। त्यहीँ आगोको धुँवाले सुत्केरी, बहिनी र नवजात शिशु निस्सासिएको प्रहरीले अनुमान गरेको छ।

सुत्केरी सेकाउन बालेको आगोको कोइलाको धुवाँमा निस्सासिएर ११ दिनका शिशु समेत बिरामी परेका प्रहरीले जनाएको छ। डीएसपी कामतीले शिशुको कर्णाली शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको जानकारी दिए।

पतारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले मायालक्ष्मीको घर पातारासी गाउँपालिका -६ मा र चन्दननाथ नगरपालिका दुबै ठाउँमा छ। तर, उनीहरु चन्दनाथमा बस्दै आएका थिए। 

प्रतिक्रिया