जोखिममा रहेका वालवालिकालाई शैक्षिक सामाग्री सहयोग

जोखिममा रहेका वालवालिकालाई शैक्षिक सामाग्री सहयोग

सुर्खेत - जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । सुर्खेत विरेन्द्रनगर नगरपालिका–१ मा रहेको दिपमाला आधारभुत विद्यालयका विपन्न नौं जना बालबालिकालाई गएको मंगलबार शैक्षिक सामाग्री सहयोग गरिएको हो । 
आर्थिक अभावले कोही पनि बालबालिका पढाईबाट बञ्चित नहोस भन्नका लागि विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । कापी किताव,झोला र स्टेशनरीको अभावले बालबालिकाको पढाई नछुटोस भन्ने उद्देश्यले सहयोग गरिएको हो, उनले भने । 
    विद्यालय पोशाक,झोला,स्टेशनरी र जुत्ता पाउँदा विपन्न बालबालिका औधी रमाएका थिए । नयाँ झोला,स्टेशनरी पाएका ती बालबालिकाले कलिला हातले बेला बेला आफु पाएको सामाग्रीलाई सुम्सुमाई रहेका थिए । शैक्षिक सामाग्री पाएपछि खुशी हुदै सोही विद्यालय कक्षा ५मा अध्यय्रत छात्रा सृजना विकले यो सहयोगले हामीहरुको पढाईमा झनै हौसला थपेको बताईन ।  


साथै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वालविकास कक्षालाई सञ्चालनको लागि आवश्यक पर्ने पिफम,कार्पेट,छ कुना,मादल सामाग्री हस्तान्तरण गरिएको थियो । विपन्न वालिवालिकाले शैक्षिक सामाग्री र वालविकास केन्द्र आवश्यक पर्ने सामाग्री पाएपछि विद्यालयकी प्रध्यानाध्यापक मन्जु सुनार सहयोगी संस्थालाई धन्यवाद दिएकी थिईन । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जुना नेपालीले सोसेक गरेको यो सहयोग वालवालिकालाई उच्चमनोबल बढने र जीवन बदल्नका लागि भएको बताईन । एआईएन लक्जवर्गको आर्थिक सहयोग र सोसेक नेपालको आयोजनामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।  

प्रतिक्रिया