दुईचरण गरेर दैलेखमा कोभिड विरुद्धको खोप लगाईने

दुईचरण गरेर दैलेखमा कोभिड विरुद्धको खोप लगाईने

दैलेख -यहाँको जिल्लामा दुई चरणमा कोभिड विरुद्धको खोप लगाईने भएको छ । ११ वटै स्थानीय तहका ९० वटा वडामा कोभिड विरुद्धको फाईजर खोप लगाईने भएको हो ।  

मन्त्रालयले पठाउने संख्या पनि सीमित भएको कारण ११ हजार व्यक्तिलाई पुग्ने गरी हरेक वडामा एक–एक वटा खोप केन्द्र कायम गरी कात्तिक ५ र ६ गते गुराँस, डुंगेश्वर, भगवतीमाई र ठाँटीकाँध गाउँपालिकासंगै चामुण्डाबिन्द्रासैनी, दुल्लू र आठबीस नगरपालिकामा खोप अभियान राखिएको छ भने कात्तिक ११ र १२ गते दैलेखको नौमूले, महाबु, भैरबी गाउँपालिका र नारायण नगरपालिकाका सबै वडामा कोभिड विरुद्धको फाइजर खोप दिइने कार्यक्रम तय गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । 
सोही क्रममा खोप अधिकृत रेग्मीले दैलेखमा खोपको प्रगति स्थिति र कोभिड खोप कार्ययोजना बारे सहजीकरण गरेका थिए ।  खोप कार्यक्रम र स्वास्थ्य सेवा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख डा. मनोज बिश्वकर्माले स्वास्थ्यकर्मीहरुसंग आग्रह गरे । 


एफएचआई ३६० इपिक नेपाल परियोजनाका कार्यक्रम व्यवस्थापक विशेषज्ञ प्रदीपकुमार श्रेष्ठले कोभिड १९ र यस्ता महामारीको बेला स्वास्थ्यकर्मीको तत्परता र दायित्व विषयमा अभिमुखीकरण गरेका थिए । ११ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र सहायक समेतको सहभागिता थियो ।युएसएआईडी र एफएचआई ३६० इपिक नेपाल परियोजनाको सहयोगमा स्वास्थ्य सेवा कार्यालयले दैलेखमा  कोभिड खोप समीक्षा तथा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । 

प्रतिक्रिया