‘तपाई दुनियाँ हामी राउटे’

नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने चलन छ । त्यो ठाउँ आफ्नो जातीलाई खानु नभएको मरेको भोलि पल्टै ठाउँ छोड्ने सँस्कारले गर्दा फिरन्ते भएको हुन सक्ने कतिपयले अड्कल गर्ने गरेका छन् । कतिपयले त एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि नपाइने,काठका बनाएका कोशी, मधुश,आरी र खाटले बजार नपाइने हुँदा राउटे एक ठाउँ हुदै अर्को ठाउँ सर्ने गरेको आंकलन गर्दछन् ।
नेपालका राजनितिले नेपालमा गरिवी,बेरोजगारी,वर्गलाई विकासको बाधक माने झै यो समुदायले तीनवटा कुरा महाशत्रु ठानेको छ । ती हुन,स्थायी बसोबास,खेतीपाती,लेखपढ । समय परिवर्तन सँग राउटे अन्य कुरालाई स्वीकार गरेका छन् पनि गर्लान । तर तीन कुरा भने आफ्नो संस्कार विरोध नै हुन भनेर ठकुवा गर्दछन यो समुदायका अगुवा । तपाई हामीलाई घरगृहस्टीमा लाग्न भन्नुहुन्छ । खेतीपाती लेखपढ स्थायी बसोबास गर्नाले धेरै दुःख हुने त्यो समुदायको बुझाई रहेपनि पछिल्लो राउटे बालबालिका पढन थालेका छन् । नेपालको एउटा निराक्षर समुदायलाई गैरसरकारी संस्था सोसेक नेपालले जोडि शिक्षक राखेर साक्षर बनाई रहेकोछ।
राउटेका सम्ुदायका वुढापाकाले भने शिक्षा स्थायी बसोबास खेतीपातीलाई भने अझै पनि अस्वीकार गरिरहेका छन् । तत्कालिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल,अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले यी कुरा राख्दा काठमाण्डौं पुगेका राउटे अगुवाले अस्वीकार गरेका थिए । २०६५ पुस २१ देखी २४ सम्म ती जातीले नेपाल सरकारका उच्चपदाधिकारी सँग भेट् गरि निस्फिक्री जंगल घुम्न पाउने,कु–काठ काट्न पाउने माग राखेका थिए ।
गैरराउटे भन्दा राउटेलाई प्राकृतिक ज्ञानको भण्डार छ । यो जातीले कुन सिजनमा कहाँ जाने कस्तो ठाउँमा बसोबास गर्ने सबै कुरा ख्याल गर्छ र त स्वास्थ्य संस्थामा नगएर जडीबुटीमा मात्र विश्वास गर्ने यो जाति आजभोली स्वास्थ्यमा आर्कषण हुन थालेका छन् ,। जुन सोसेक नेपाली दुई जना घुम्ती स्वास्थ्यकर्मी राखेर उनीहरुको स्वास्थ्य बारे हेरचाह गरिरहेका छन् । चोटपटक लाग्ने वित्तिकै उपचारका लागि अनुरोध गर्ने गरेको राउटे समुदायमा काम गर्ने स्वास्थ्यकर्मी विनोद विसी बताउँछन् । राउटेको पछिल्लो पटक संख्या घटदै गइरहेको छ । यसमा बाधक सरकार हो की राउटेको सस्कार । यो सम्बन्धि बहस हुनु जरुरी छ हुनु पर्छ । नेपाल सरकारले लोपोन्मुख जातीलाई वेवास्ता गरेकाले जनसंख्या घटदै गइरहेको हो वा उनीहरुको परम्पराले गर्दा नै हो । अन्य यो यसको उत्तर खोजिनुपर्छ । दक्षिण एसियाको एकमात्र भ्रमशिल समुदायको स्वास्थ्य,शिक्षा,लगायतका आधारभुत कुरामा सरकारी पहल र चासो छैन । देश संघियतामा गईसकेको छ । आजभोली हरेक स्थानीय निकायमा सिमांकनबार छलफल र बादविवाद भइरहेका छन् । कतिपय ठाउँमा सिमाकंन समस्या सुल्झिएको छ भने कुनै ठाउँमा कायमै छ ।
संघिय राज्यमा राउटेका बारे कस्तो राज्य चाहिन्छ । उनीहरुले कस्तो राज्य खोजीरहेका छन् । संघियराज्य सञ्चालन हुँदा ती राज्यमा यो समुदायको हक अधिकार कस्तो हुने,के गर्न पाउने के नपाउने बहस चर्चा हुनुपर्छ । कि उनीहरुले अहिले जे गरिहेका छन् त्यस्तै अवस्थामा चल्न दिने हो । यदि त्यस्तो हो भने दिनप्रतिदिन राष्ट्रिय वन सामुदायिकमा हस्तान्तरण हुदै गइरहेका छन् । उनीहरुले कहाँ कुकाठ काटेर जीविका चलाउने,रुख नकाटे हामीहरुको काल आउँछ भन्ने ती समुदायलाई कस्तो वनक्षेत्र हस्तान्तरण गर्ने आदि कुरा सदनमा छलफल हुनुपर्छ । मानवशास्त्री,अर्थशास्त्री,सस्कृतिविद,विद्धान लगायतका उच्च स्तरिय समिति गठन गरि उनीहरुको हक अधिकार,क्षेत्राधिकार निर्धारण हुनपर्छ । नेपालमै बस्छन् सस्कार विपरित हुने भएकाले नागरिकता लिन मान्दैनन् । त्यो समस्या कसरी समाधान गर्ने अन्तराष्टिय कानुनको के भन्छ ,परम्परा र सस्कार नखलबलिने कसरी जिउने बचाउने खोजी हुन जरुरी देखिन्छ । उनीहरुको सुर्ति श्यामबहार चुरोट र मदिराले अमली बनेर बानी विगारेका छन् । त्यसलाई निरुत्साहित गर्ने ओन डोर सिस्टमको थालनी हुनुपर्ने देखिन्छ ।
राउटे समुदायले उत्पादन गरेका भाँडाकुडाको राष्ट्रिय अन्तराष्ट्रिय बजार खोजी गरिनुपर्छ । सुदुर पश्चि प्रदेशका केही जिल्ला र कर्णाली प्रदेशका १० जिल्लाका जंगलमा बसोबास गर्दै आएका यी जातीको दुईवटा ठाउँमा राउटे संग्रालय बनाउँदा राम्रो देखिन्छ । नेपालका अधिकाँश मानिसले राउटेको बारे देखे सुनेपनि उनीहरुको विशिष्ट पहिचान लिन नसकेकोले पहिचान नमेटिन दिनका कर्णाली र काठमाण्डौमा दुई ठाउँमा राउटे संग्रालय बनाउनु उनीहरुको लागि हितकर देखिन्छ । जसले गर्दा आन्तरिक वा वाह्रय पर्यटकले राउटेको बारे सजिलै जानकारी लिउन । इतिहास बचोस । दिनमा कुकाठ विक्री र काम गर्न जाने भएकाले बेलुकापख राउटे वस्तीमा खानपान,शिक्षा र जनचेतनाको सोलार सिनेमा मार्फत ज्ञानका कुरा सिकाउनुपर्छ । तीनवटा हतियार,बच्चरो,बाँसुल्लो र छिनो लगायतले काठका भाँडाकुडा बनाउने भएकाले सजिलोको लागि अन्य हतियार सरकारले उपलब्ध गराउनुपर्ने देखिन्छ । सधै कोशी,आरी खाट,झुमा मात्र सामाग्री बनाउने हुँदा अन्य काठका भाँडाकुडा बनाउने तालिम दिएमा जीविकोपार्जनमा त्यति दुःख नहुने देखिन्छ ।
नेपाल सरकारले दिदै आएको लोपोन्मुख भत्ताले पछिल्लो राउटे अल्छी वनेका छन् यसलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ । यो जाती एटा स्वच्द समाज भएकाले अन्तराष्ट्रियस्तरमा चिनाउन पहल गर्नुपर्छ । राज्यको निगरानी भईरहन जरुरी छ । एक आपसमा गोप्यता छैन,धनसम्पत्ति लुकाउने लोभ छैन,जातीय विभेद छैन,वर्गिय विभाजन छैन,यस्तो विशिष्ट संस्कार कसरी जोगाउने चासो सरकारलाई हुनुपर्छ । गैरराउटेलाई राउटेले दुनियाँ भनेर चिन्दछ भने आफुलाई वनको राजा भन्न रुचाउँछ ।
तस्वीर\लेखक
भक्तबहादुर शाही ( राजधानी दैनिक दैलेखका जिल्ला संवाददाता हुन् )
प्रतिक्रिया