आइतबारदेखि देशैभरी मानवअधिकार महाभेला

सातै प्रदेशमा मानव अधिकार महाभेला हुने

आइतबारदेखि देशैभरी मानवअधिकार महाभेला

२२ मंसिर, काठमाडौं ।

१६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा ७६ औ  अन्तराष्ट्रिय  मानव अधिकार दिवसको सन्दर्भमा महाभेला हुन लागेको हो ।


आयोजकले शनिवार पत्रकार सम्मेलन गरेर महाभेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । महाभेलाका संयोजक भोला भट्टराईका अनुसार महाभेला सात दिनसम्म चल्नेछ । 
आइतबार ललितपुरमा विशेष कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय महाभेलाको उद्घाटन गर्नेछन् ।


यसपटक महाभेलाको नारा ‘सामाजिक, आर्थिक तथा बातावरणिय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने तय गरिएको छ । यस अन्तर्गत विभिन्न विषयमा सात दिनसम्म अन्तरक्रियात्मक कार्यक्रम हुनेछन् ।


मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाईरहेको अवस्थामा यस महाभेलामा विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन, प्रभातफेरी जस्ता कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।