हल्जी गुम्बाका रिम्पोचे १५ वर्षपछि लिमी फर्किए

हल्जी गुम्बाका रिम्पोचे १५ वर्षपछि लिमी फर्किए

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा रिम्पोचे लामा फर्किनुभएको छ । पूजापाठ र ध्यानका लागि काठमाडौँ गएका रिम्पोचे स्थानीयको आग्रहमा लिमी फिर्ता हुनुभएको हो ।

लिमी जाङ गाउँका स्थानीय कुन्चोक तामाङले लिमीका तीन वटा गाउँ टिल, हल्जी र जाङ गाउँको हल्जी गुम्बाका रिम्पोचे १५ वर्षपछि फर्किएको बताउनुभयो । उहाँलाई स्थानीय भाषामा टुल्कु पनि भन्ने गरिन्छ।

अब रिम्पोचे एक वर्ष लिमीमै बस्नेछन्। लिमीको हल्जी गुम्बा एक हजार दुई सय वर्ष पुरानो हो। रिम्पोचेलाई लिमीमा स्थानीयले परम्पराअनुसार भव्य स्वागत गरेका थिए।

प्रतिक्रिया