गाउँपालिका अध्यक्षसँग बालबालिका सम्वाद

गाउँपालिका अध्यक्षसँग बालबालिका सम्वाद

हुम्ला– नाम्खा गाउँपालिकाले ‘अध्यक्षसँग बालबालिका सम्बाद कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले आव २०७९/८० मा २५० जना विद्यार्थीसँग संबाद कार्यक्रम सञ्चालन गरेको हो । 

विद्यालयभित्रका बालबालिका र विद्यालय बाहिरका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रमबाट उनीहरुको समस्या सुन्ने र गाउँपालिकाले समाधानको काम गर्दै आएको कार्यक्रम संयोजक हिरा शर्मा घर्ती मगरले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका घरपरिवारका बालबालिकाले १५ वर्ष नपुग्दै विहे गर्ने समस्या भएपछि त्यसको समाधान र सचेतनाको लागि पनि यो कार्यक्रम प्रभावकारी हुने पालिकाको विश्वास छ । बालबालिकालाई पालिकाले निः शुल्क पढाइ र आर्थिक रुपमा सहयोग गर्दै आएको पनि संयोजक शर्माले बताउनुभयो । 

विद्यालयमा भौतिक पूर्वाधार, विद्यार्थीको शैक्षिक गुणस्तर, छात्रालाई स्यानेटरी प्याडलगायतका  वितरणलगायतका काम गरिरहेका छौं ।’, उहाँले भन्नुभयो’ ।
साथै गाउँपालिकाले बालबालिकालाई जनचेतना, अन्तरक्रिया, सडक नाटकसहित सचेत गर्ने गरेको छ । 

प्रतिक्रिया