दीर्घरोगीको उपचारका लागि सहयोग गर्दै ठुलीभेरी

दीर्घरोगीको उपचारका लागि सहयोग गर्दै  ठुलीभेरी

डोल्पा– ठुलीभेरी नगरपालिकाले दीर्घरोगीको उपचारका लागि सहयोग गर्दै आएको छ । नगरपालिकाले दीर्घरोग लागेका बिरामीलाई २५ प्रतिशत सहयोग गर्दै आएको हो ।

नगरपालिकाले दीर्घरोगीको उपचारका लागि आवश्यक कूल खर्चमध्ये २५ प्रतिशत पालिकाले नै व्यहोर्ने नगर प्रमुख श्वबर्ण कुमार बुढाले बताउनुभयो  । हालसम्म नगरपालिकाले दीर्घरोग लागेका ३० जना स्थानीय बासिन्दालाई सहयोग गरिसकेको बताउनुभयो  ।

तर पालिका क्षेत्रमा दीर्घरोगको उपचार गर्ने स्वास्थ्य स‌ंस्था नै नभएको उहाँले सुनाउनुभयो  । स्थानीयस्तरमा दीर्घरोगको उपचार सम्भव छैन  ।यसका लागि राजधानी वा आफूलाई पायक पर्ने ठाउँमा गएर उपचार गर्नुपर्छ,उहाँले भन्नुभयो । सोका लागि लाग्ने खर्चमध्ये २५ प्रतिशत नगरपालिकाले सहयोग गर्दै आएको नगरप्रमुख बुढाले बताउनुभयो । 

ुस्वास्थ्य उपचारमा सरकारले तोकेको मापदण्ड अनुसार नगरपालिकाले २५ प्रतिशत व्यहोर्ने नगरपालिकाको निर्णय भएकोले आर्थिक सहयोग गरेका हौँ, उहाँले भन्नुभयो ।

नगरपालिकाले विगत तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले चालु आवमा  १० लाख रुपैँया बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया