ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता

ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता

सल्यान -  छत्रेश्वरी गाँउपालिका वडा नं २ का १ सय २ जना ज्येष्ठ नागरिकहरूले  सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ।

छत्रेश्वरी गाउँपालिका केन्द्र लान्तीमा रहेको एउटा मात्रै बैङ्क भएको  र लान्तीमा ज्येष्ठ नागरिक पुगेर सामाजिक सुरक्षा भत्ता लिने बाध्यता हटेपछि २ नं वडाका एकसय २ जना  ज्येष्ठ नागरिकहरूले दोस्रो पटक वडा नं २ को वडा कार्यालय दह खोलाबाट  सामाजिक सुरक्षा भत्ता बुझ्नु भएको हो।

निकटको सरकार र जनता आँगनमा रहेको स्थानीय सरकारको अनुभूति दिलाउन वडा बाटै सामाजिक सुरक्षा भत्ता  दिन सुरु गरेको वडा अध्यक्ष प्रेम बहादुर नेपालीले बताउनुभयो ।

पहिले गाउँपालिका जानुपर्थ्यो गाउँपालिका ८ हजार रुपैयाँ ल्याउनको लागि ३ दिन सम्म बस्नु परेको र ३ हजार सम्म खर्च गरेको गुनासो  ज्येष्ठ नागरिकबाट आएपछि पालिकाको कार्यपालिकाको बैठकमा पटक पटक छलफल गर्दा वडा बाटै सामाजिक सुरक्षा दिन सफल भएको अध्यक्ष नेपाली बताउनुहुन्छ ।

माओवादी साँच्चिकै जनताको पक्षमा भएको र नागरिकको समस्या बुझ्न र समस्यामा सहयोग गर्ने भगवान् भएको ज्येष्ठ नागरिक लिलमान विकले बताउनुहुन्छ ।

 पालिका केन्द्र जाँदा गुराँसेबाट ३५ किलोमिटर यात्राको दूरी घटेर ७ किलोमिटरमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउँदा आफू खुसी भएको बताउनुभयो ।

वडा कार्यालयबाट एकल महिला,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ।

प्रतिक्रिया