खरलाई विस्थापित गरी जस्ताको छानो हाल्दै कपुरकोट

खरलाई विस्थापित गरी जस्ताको छानो हाल्दै कपुरकोट

सल्यान -   कपुरकोट गाउँपालिकाले खरको छानो हटाएर जस्तापाता लगाउने भएको छ । गाउँपालिकाले  खरको छानोमुक्त गाउँपालिका अभियानअन्तर्गत जस्तापता लगाउन लागेको हो । 

गाउँपालिकाको अध्यक्ष  दुर्गाबहादुर पुनका अनुसार आर्थिक रुपमा कमजोर भएका परिवारको घरमा जस्ताको छाना लगाउन लागेको हो ।  गाउँपालिकाले चालु आर्थिक वर्षमा २०० वटा घरमा जस्ताको छानो लगाउने उहाँले बताउनुभयो । 

खरको छानो विस्थापित गर्नको लागि गाउँपालिकाले सूचना जारी गरेको थियो । सोही सूचनामा परेको आवेदनको अनुसार दलित, विपन्न तथा एक महिलालाई प्राथमिकतामा राखेर सो कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले  बताउनुभयो । 

कार्यक्रमको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षदेखि सुरु भएको अभियानबाट आगामी तीन वर्षभित्र पालिकामा खरमुक्त छानो बनाउने लक्ष्य लिएको उहाँको भनाई छ  । गाउँपालिकाभित्र करिब ६०० घरमा खरको छानो रहेको उहाँले सुनाउनुभयो  । 

प्रतिक्रिया