एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन

एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन

सल्यान -  नेकपा (एमाले) सल्यानको अध्यक्षमा भिम बहादुर सेन बिजयी भएका छन् । गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्ष पदकै अर्का उम्मेद्वार कुल बहादुर गिरिले १३९ मत प्राप्त गरि ४३ मतान्तरले पराजित भए । अन्य पदाधिकारी पनि सबै सेन नेतृत्वका उम्मेदवारहरु बिजयी भएका छन् । 

जिल्ला निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओज बहादुर बुढाथोकीले १९३ मत प्राप्त गरेर बिजयी भए । सचिवमा पुस्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र उपसचिव महिलामा सनशिलता वली डिसीले १७३ मत ल्याएर निर्वाचित भएका हुन ।

 निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दान बहादुर केसीले १२७, सचिव पदका उम्मेद्वार दिपेन्द्र डिसीले १४३, उपसचिवका उम्मेद्वार गन्जमान बुढाले ११३ र उपसचिव महिला उम्मेदवार बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले बताउनुभयो  । 

उहाँका अनुसार जिल्ला कमिटिका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध भएका छन । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यविधी अनुसार एमाले सल्यानको ७५ सदस्यिय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुने छ ।

प्रतिक्रिया