भरुवा बन्दुक सहित सल्यानमा एक पक्राउ

भरुवा बन्दुक सहित सल्यानमा एक पक्राउ फाइल तस्बिर

सल्यान - सल्यान प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका १ काँडा टाट्केका  २६ वर्षीय धनराज कामीलाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । 

अवैध भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाको आधारमा कामीको घरबाट बन्दुक सहित ५ थाना गोली, ११ थान केप र ९ थान छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 अवैध हात हतियार खरखजना मुद्यामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमालाले जानकारी दिनु भयो । सल्यान जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको उहाँको भनाई छ । 

फरार अभियुक्त पक्राउ 

लागु औषध मुद्दामा फरार अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका १ खहरेखोलाका ६८ वर्षीय शेर बहादुर बुढा रहेका छन् ।

बुढालाई सल्यान जिल्ला अदालतले २०६८ मा लागु औषध ९चरेस० मुद्यामा १ वर्ष ४ महिना २८ दिनको कैद भुक्तानको फैसला गरेको थियो । उनलाई घरबाटै नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमालाले जानकारी दिनु भयो । 

प्रतिक्रिया