बलात्कार कसूरमा १२ वर्ष बाल सुधार गृहमा राख्ने फैसला

बलात्कार कसूरमा १२ वर्ष बाल सुधार गृहमा राख्ने फैसला

दैलेख – दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १७ वर्षीय बालक परिवर्तित नाम‘६२ दैलेख ख ९५’लाई १२ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ । 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदारलाई १२ वर्ष बाल सुधार गृहमा राख्ने र पीडित बालिकालाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने बिहीबार फैसला भएको श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लम्सालले जानकारी दिनुभयो ।

ती बालकले ०७८ फागुन २ गते महाबु गाउँपालिका–३ बाँसीमा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको थियो । त्यही दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो । 

कसूरदार फरार भएको कारण घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७९ माघ २७ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग दर्ता गरायो । 

मुद्दापछि फरार रहेका ती बालकलाई प्रहरीले २०८० जेठ ६ गते दैलेख बजारबाट पक्राउ गरेको थियो । जेठ ७ गते भएको थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि नेपालगञ्ज बाल सुधार गृहमा पठाएको थियो । 
 

प्रतिक्रिया