वार्षिक समिक्षा तथा रणनैतीक योजना तर्जुमा गोष्ठि

वार्षिक समिक्षा तथा रणनैतीक योजना तर्जुमा गोष्ठि

सामाजिक सेवा केन्द्र(सासेक) नेपाल दैलखको १० औं वार्षिक समिक्षा तथा रणनितीक योजना तर्जुमा गोष्ठि कार्यक्रम २०७२ श्रावण ३ गते उद्घाटन भई आज ४ गते जि.वि.स. ठुलो हल दैलेखमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संथाबाट आ.व. २०७१÷२०७२ मा संचालन भएगरेका क्रियाकलापको वार्षिक समिक्षा र आगामी दिनमा अझ प्रभावकारी बनाएर लैजाने भन्ने उदेश्यले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्था उपाध्यक्ष मञ्जु खड्काले गर्नु भएको थियो भने कार्यक्रम संचालन खगेन्द्र वहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा संस्था अध्यक्ष श्री हीरासिंह थापाले पानसमा बत्ति वाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी थापाले यस संस्थाद्धारा संचालीत परियोजनाका कर्मचारीहरुले समुदाय र संस्था विचको अन्तर सम्वन्धलाई अझ सुमधुर वनाउनलाई सामाजिक परिचालकले पुलको भूमीका निर्वाह गनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डम्बर वहादुर कार्कीले कार्यक्रमकको लक्ष्य र उदेश्य माथि प्रकाश पार्नु भयो । उद्घाटन कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्दै संस्था जिल्ला कार्यक्रम संयोजक मान वहादुर थापाले संस्थालाई यहाँसम्म पुर्याउन संस्थाका सदस्य तथा कर्मचारीको महत्वपुर्ण योगदान रहेको वताउनु भयो । कार्यक्रममा संस्था कार्य समिति सदस्य, सम्पर्ण कर्मचारी, बाल क्लव प्रतिनिधी, युवा क्लव प्रतिनिधी, सामुदायिक संस्था प्रतिनिधी गरि जम्मा ८५ जनाको सहभागीता रहेको थियो ।
आ.व. २०७१÷७२ मा संचालन गरिएका विभीन्न परियोनाको वार्षिक प्रगती विवरण प्रश्तुत गरिएको थियो । प्रश्तुत गर्नु क्रममा अधिकारमुखी जिवीकोपार्जन सुधार परीयोजना, उत्थानशिल जिवीकोपार्जन तथा दिगो खाद्य सुरक्षा परयोजना, उच्च मूल्य कषि वस्तु विकास आयोजना, महिला युवा र बाल अधिकार प्रवद्र्धन कार्यक्रम, सामाजिक आर्थीक विकास कार्यक्रम ग्रामिण पहुँच तेश्रो चरण, एकिकृत सामुदायिक विकास परियोजना, खानेपानी सरसफाइृ तथा जिवीकोपार्जन परियोजना, जलस्रोत व्यवस्थापन कार्यक्रम, एकिकृत परियोजना, र सम्पूर्ण संस्थाको समष्टिगत प्रगती प्रतिवेदन प्रश्तुतीकरण गरिएको थियो । कार्यक्रममा सुधार गर्नुपर्ने पक्षहरुलाई सवालको रुपमा राखी संस्थागत रुपमा सवै मिली समाधान गर्ने भनि कार्ययोजना वनाईयो ।
१० औं वार्षिक समिक्षा तथा रणनैतीक योजना तर्जुमा गोष्ठि कार्यक्रम सवल पक्ष, सुधार गर्नु पक्ष, चुनौती तथा अवसरको विषयमा छलफल गएिको थियो । सेभ द चिल्ड्ेनको सहयोगमा एकिकृत परियोजनामा लागु गरिएको गुनासो सुनुवाई संयन्त्रलाई संस्थागत गर्दै संस्थालाई अगाडी वढाउनको लागि अनुगमन, मुल्यांकन, जवाफदेहिता र सिकाई प्रक्रियालाई संस्थाले आत्मसाथ गर्दै सवै कार्यक्रम र परियोजनामा लागु गरेको जानकारी गरियो । संस्थामा भएका विभीन्न नितीको बारेमा जानकारी गरिको थियो । संस्थामा लेखा राख्ने प्रक्रिया तथा राम्रो सिकाइलाई अनुसरण गर्ने प्रक्रियाको वारेमा जानकारी गराउदै सभाध्यक्ष ज्यूबाट कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया