सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न

सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न

शिक्षकहरुका लागि ५ दिने सक्रिय शिक्षण सिकाई तालिम आज दैलेख वजारमा सम्पन्न भएकोछ । एकिकृत परियोजना लागु भएका कक्षा १ का शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । एकिकृत परियोजना लागु भएका गाविस राकम कर्णाली, सिगौडी, विशाला, चामुण्डा, जम्वुकाँध, साविक पादुका, लालिकाँडा, पिलाडी सेरी र खड्गवाडा गाविसका २५ विद्यालवाट ११ जना महिला सहित २६ जनाको सहभागिता रहेको उक्त तालिम शिक्षा शिक्षा कार्यालय दैलेखको समन्वयमा संचालन भएको थियो ।1 (3)1 (1)

मिति २०७२ जेठ ३० गते देखि असार २ गते सम्म संचालन भएको उक्र तालिमको सहजीकरण खगेन्द्र भण्डारीले गर्नु भएको थियो भने सहयोगीको रुपमा सोसेकका सुपरभाईजर (फिल्ड अफिसर) वाशुदेव उपाध्ययले गर्नु भएको थियो ।

प्रतिक्रिया