शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण तालिम

शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण तालिम

1 (4)

शिक्षक निर्देशिका, पाठेक्रम र पाठे पुस्तक एकै ठाउंमा राखेर पाठ्य योजना तयार गर्ने र शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण कार्यशालामा दैलेख वजारमा सम्पन्न भएकोछ । एकिकृत परियोजना लागु भएका कक्षा १ का शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । एकिकृत परियोजना लागु भएका गाविस राकम कर्णाली, सिगौडी, विशाला, चामुण्डा, जम्वुकाँध, साविक पादुका, लालिकाँडा, पिलाडी सेरी र खड्गवाडा गाविसका २६ विद्यालवाट ८ जना महिला सहित २६ जनाको सहभागिता रहेको उक्त तालिम शिक्षा शिक्षा कार्यालय दैलेखको समन्वयमा संचालन भएको थियो । मिति २०७२ जेठ १३ गते देखि १६ सम्म संचालन भएको उक्र तालिमको सहजीकरण श्रेत्रिय शिक्षा निर्देशनालय दिपायलका उप निर्देशक श्री अनन्त कुमार पौडेले गर्नु भएको थियो ।

शिक्षकहरुलाई शिक्षण सामाग्री निर्माण तालिम
Training Participent (2) शिक्षकहरुलाई शिक्षण सामाग्री निर्माण तालिम

शिक्षक निर्देशिका, पाठेक्रम र पाठे पुस्तक एकै ठाउंमा राखेर विषय सुची अनुसार शैक्षिक सामाग्री निर्माण भई कक्षा १ का विषय वस्तुमा आधारित सवै विषयका किताव तयार भएकोछ । पहिलो आधा दिनको सहजीकरण सेभ द चिल्डे्नका जिल्ला परियोजना संयोजक आत्माराम भट्टराइले सहयोग गर्नु भएको थियो । उक्त तालिमको समापन समारोहमा वोल्दै सहभागिको तर्फवाट रमेश कुमार सापकोटाले तालिममा शैक्षिक सामाग्रीको पहिचान, संकलन, विकास प्रयोग र व्यवस्थापन गर्दै लैजाने छु र अव तालिमवाट फर्के पछि विद्यालमा गएर स्टाव वैठकमा तालिममा सिकेका विषय वस्तुलाई अभिमुखिकरण गर्नेछु भन्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सहभागिको तर्फावाट वोल्दै तुलसी वोगटीले हामीले धेरै शिक्षाका तालिम लगेको तर शिक्षक निर्देशिका, पाठेक्रम र पाठे पुस्तक एकै ठाउमा राखेर शैक्षिक सामाग्री निर्माण तालिम गरेको यो पहिलो अवसर नै हो भन्नु भयो । उहाँले थप्नु भयो “यो तालिममा शिकेका कुरालाई हामी कक्षा कोठामा प्रयोग गर्नेछौ” । समापन समारोहमा वोल्दै सहजकर्ता तथा उप निर्देशक अनन्त कुमार पौडेलले समस्यालाई समाधान गर्दै अवसरमा वदल्नु पर्ने कुरामा जोड दिदै अवस्था र परिवेश अनुसार शैक्षिक समाग्री निर्माण गर्नु पर्ने कुरा वताउनु भयो । जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद गोतामेले तालिम लिईएर मात्र केही हुदैन यसको प्रयोग कक्षा कोठामा भए मात्र यो तालिमले सार्थकता पाउनेछ र वालवालिका खुशी हुनेछन् यदि सो नभएमा वालवालिकाले हामीलाई सराप्नेछन् भन्ने भावना राख्नु भएको थियो । साथै तालिममा तपाईहरुले जायर गरेको प्रतिवद्धतालाई जिल्ला शिक्षा कार्यालयका विनी र श्रोत व्यक्तिवाट अनुगमन गरिने वताउनु भएको थियो । उहां थप्नु भयो “परिर्वन धेरै गाह्रो छ त्यही विचवाट परिवर्तनलाई अनुसरण गर्दै कक्षा कोठा भित्र सुधार गर्नु पर्नेछ” । समापन समारोहमा प्रमुख अतिथीको रुपमा आफ्नो भावना राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर धिमीरेले विद्याललाई वाल मैत्री वनाउनु पर्ने भन्नु भयो । तालिमको समापन मन्तव्य राख्दै सोसेक अध्यक्ष श्री हीरासिंह थापाले गर्नु भएको थियो ।
सेभ द चिल्डे्नको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा संचालित एकिकृत परियोजनावाट तालिम संचालन गरिएको थियो ।

प्रतिक्रिया