युवाको सहभागितामा विश्व वातावरण दिवश

युवाको सहभागितामा विश्व वातावरण दिवश

ज्वाला सन्देश समचारदाता दैलेख

आज दैलेखको वाँसी, विन्दावासिनी र वडाखोला गाविसमा युवाको सहभागितामा ४३ औं विश्व वातावरण दिवश मनाईएको छ । “विपतिको वेला पनि सधै सफा राखौं धर्ति, सधै स्वच्छ सफा रहन प्रयोग गरौं चर्पि” र “सात अर्व सपना, साझा पृथ्वी, उपयोग गरौं साझा भई” भन्ने मुल नाराका साथ वातावरण दिवश विभिन्न सास्कृतिक कार्यक्रम गरि युवा संजालको सहभागितामा मनाएको थियो । युवा संजाल वडाखोलाको आयोजनामा वडाखोला गाविसमा सास्कृतिक कार्यक्रम गरियो । वातावरण संरक्षण गरौं भन्ने नारा लेखिएका प्ले कार्ड सहित र्याली, गाविस भवन र उच्च मावि वरीपरी सरसफाई गरि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सास्कृतिक कार्यक्रममा श्री सिद्दी वाल क्लव प्रथम, श्रृजनशिल वाल क्लव द्धितिय, जागरण वाल क्लव तृतिय र सान्त्वनामा कोपिला वाल क्लव र जनचेतना वाल क्लव भएका थिए । युवा संजाल वडाखोलाका अध्यक्ष रंग वडुवालको सभापतित्वमा भएक कार्यक्रमलाई संजाल सचिव ललित थापाले सचालन गर्नु भएको थियो ।
युवा संजाल वाँसी र विन्दावासीनीको अलग अलग आयोजनामा “वातावरण संरक्षणमा युवाको भुमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरि कार्यक्रम मनाईयो । वांसीमा भएको प्रतियोगितामा लालिगुराँस वाल क्वलका सन्तोष दहाल प्रथम, नमुना वाल क्लवका प्रकास के.सी. द्धितिय भएका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, एईआई र टिडिएच जर्मनी नेपाल कार्यक्रमको आर्थिक सहयोगमा महिला, युवा तथा वाल अधिकार प्रवद्धन कार्यक्रमवाट आर्थिक सहयोगमा युवा संजालले ति गाविसमा कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया