सामाजिक तथा लैङ्गीक परीक्षण सम्पन्न

सामाजिक तथा लैङ्गीक परीक्षण सम्पन्न

आत्म साँची राखी मन बचनर कर्मले सेवा गरौं भन्ने मुल मन्त्रका साथ स्थापना भएको सामाजीक सेवा केन्द्र सोसेक नेपाल दैलेखको २०७२ श्रावण ११ गते आठौं सामाजीक तथा लैङ्गीक परीक्षण सम्पन्न भए भएकाेछ ।
कार्यक्रममा आगामी दिनमा प्रभावकारी बनाउन, सेवा प्रवाह गर्न, लक्षित वर्गका कार्यक्रम लक्षित समुदायसम्म पुर्याउन ७ बुदे कार्ययोजना समेत निर्माण भएको छ ।
कार्यक्रममा सेवा प्रवाह, संकलन केन्द्र स्थापना, कर्मचारीको ब्यवहार सुधार, नतिजामा आधारित अनुगमन प्रणाली लागु गर्ने, संस्थाका कार्यक्रमहरुको दोहोरपन हटाउने, विपत जोखिम ब्यवस्थापन समिति गठन तथा कार्ययोजना निर्माण लगाएतका सवालका लागि कार्ययोजना निर्माण भएको छ ।
कार्यक्रम संस्थाका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले संस्थाले सन्चालन गरका ९ वटा परियोजनाहरु तथा परियोजनाहरुले ल्याएको प्रभाव तथा वार्षिक बजेट का विषयमा प्रस्तुति गरेका थिए । संस्थाले असार सम्म ६करोड ५९लाख ३०हजार ८आठ सय ५५ मध्ये यस वर्ष ३ करोड ६० लाख ६५हजार ६ सय छयानब्वे रुपया खर्च गरेको विवरण पेश गरेका थिए । संस्थाका कार्यक्रम र परियोजना प्रति स्थानीय नागरिकको सन्तुष्टि तथा समुदाय मूल्याकन प्रतिवेदन सहजकर्ता हरिप्रसाद अधिकारीले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिविसका अधिकृत शम्मशेर शाही, जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ लगाएत नेकाका रेशम विक, एमालेका प्रेम वुढा, एनेकपा माओवादी इन्द्र शर्मा, नेकपा माओवादी हर्क शाही, राप्रपाका राम ब थापा, राजमोका लक्ष्मी रेग्मी, नेमकिपाका लक्ष्मी विक,अखण्ड नेपाका शिवराज जैसी लगाएतले संस्थाका कार्यक्रम प्रति सुझाव पेश गरेका थिए । कार्यक्रममा उठेका विषय माथि संस्थाका अध्यक्ष हिरासिह थापाले जवाफ दिएका थिए भने कार्यक्रमको सहजीकरण हरिप्रसाद अधिकारी गरेको कार्यक्रमा १८१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया