छाउपडी प्रथा र त्यसले महिलामथि पारेको असर

          |   प्रकाशित मितिः शुक्रबार, साउन १५, २०७२     ::: 583 पटक पढिएको   |  

महिलाहरुलाई सामाजिक कुसंस्कारका कारण मासिक धर्म (रजश्वला) हुदा छुई कटेरा, गोठ, गडाका कान्लामा परालको ओछ्यान र शरीरमा लगाएका कपडाको बिस्तरा (ओछ्यान) मा वस्ने चलन वर्षौदेखि चलिआएको छ । सामान्यतया रुपमा दैलेख जस्तै पहाडी जिल्लाहरुमा महिलाहरु रजश्वला हँुदा पशु व्यवहार गरिन्छ । ती दिनहरुमा महिलाहरुले चिसो फोहोर छिडीमा बाख्राको गोठमा बाख्रासंग, पशु राख्ने गोठको कुनामा, छुई कटेरो, झगडा कान्लामा न चिसो न गर्र्मी सवै समयमा विना कपडा परालमा सुतेर दिन विताउने पर्छ । अर्को कुरा यस समयमा उनिहरुलाई सुख्खा रोटी दिइन्छ । ठाउँ अनुसार र स्थानहरु दिनहरुमा फरक पर्न सक्छ । तर सामान्य तया ५ दिनदेखि ११ दिन सम्म यसैगरी विताउनु पर्छ । जिल्लाको सदरमुकाम र आसपासका केही क्षेत्रमा अलि सुरक्षित सित बस्ने चलन भएपनि यो प्रथा दैलेख जिल्लाका सवै गाविसमा फैलिएको छ । महिलाहरु रजश्वला हुँदा मन्दिरमा जानु नहुने, कपालमा तेल हाल्न नहुने, घरमा पस्न नहुने, धामी, पुजारी, लगाएत अन्य व्यक्तिलाई छुन नहुने अन्धविश्वासले जडा गाडेको छ । यस समयमा दही, दुध, खान दिए देवता रिसाउने र गाइभैसी मर्ने जस्ता सामाजिक कुसंस्कारले पुरुषभन्दा महिलाहरु आफैमा आत्मानै जडो गाडेको छ । नहुने हुँदा घरमा वसेमा देउता रिसाएर सराप दिने गर्दछन् भन्ने संख्यामा कमि छैन ।
सामाजिक कार्यकर्ताले विभिन्न टोल, समूह, भेटघाटको क्रममा जाँदा, महिलाहरुसंग कुरा गर्दा मलाई नछुनुहोस, मलाई छोए पाप लाग्छ भन्ने शव्दहरु धेरै सुनिन थालेका र यस समस्याबाट र छुई कोठोमा बस्दा सर्पले टोकेर मृत्यु भएको, सुन चोरी भएको, राती बाघले झम्टी मृत्यु भएको तथा कतिपय महिलाहरु वलत्कृत भएको घटनाहरु वाराम्बार सुन्नमा र देख्नमा आउँदछन् तर यो प्रथाले झन व्यापकता पाएको छ । किनकी यस्ता घटना भएको हो भन्ने चलन व्यापक हुन्छ । गोठबाट वाख्रालाई वाघले लगेपछि नहुने भएको महिलालाई दोष लगाइन्छ । लसपस गरेकोले यसो भएको हो ।
 नछुने हुँदा महिलाहरु सादिकको भन्दा धेरै काम गर्नु पनेै हुन्छ तर पोसिलो खानेककुरा खान पाउदैनन् ।
 कतिपयले त चाडपर्वमा नछुने हुँदा यसरी धिर्कादछन । मेरा कर्म खोटो रहेछ, त्यसैले यस्तो भएको हो । ति महिलालाई थाहा छैन महिलाको पाठेघरमा रहेको अण्डा फुटेर मासिक धर्म हुन्छ । त्यसैले यो प्रकृति सञ्चालनमा धेरै महत्वपूर्ण योगदान रहन्छ । कसैको कपाल दुख्यो, कोही विमारी भएपछि सुनपानी छर्किने चलन पनि त्यतिकैछ । यस्तै किसिमका रुढीवादी परम्पराले गर्दा महिलाहरुले यो प्रथावाट पिल्सिनु परेको छ । महिलाहरुको तल्लो पेट दुख्न थालेपछि नहुने भइन्छ । कहाँ, कसरी, केखाएर वस्ने होला भन्ने पिरले पिरोली रहेको हुन्छ । अर्को कुरा बच्चा सानो भएको र घरमा अन्य सदस्य नभएको परिवारमा यसले झन समस्या वनाउदछन् त्यही सुख्खा रोटी कस्ले दिने, घर कस्ले कुर्ने, गोरुभैसी कस्ले फुकाउने, वान्ने र घाँस हाल्दिने भन्ने समस्या थपिन्छ । आफूले सकी नसकी गरेको काम अन्य छिमेकीलाई गुर्हानु पर्ने अवस्था आउँछ ।
यी माथि उल्लेखित विभिन्न समस्या तथा रजश्वला महिलामा नभई नहुनृ अनिवार्य अवस्था भएको कारण गाउँघरमा समूहमा यस विषयमा छलफल गरिन्छ । एकदिन म पनि यस्तै रावतकोट इन्द्रज्वाला समूहमा वस्ने अवसर पाए । त्यस दिन इन्द्रज्वाला समूहका ३ जना महिला नहुन भएका रहेछन् समूह संगै वस्नुपर्ने ठाउँमा अलग गएर वसेका कसैलाई नछोएकोले मलाई उत्सुकता लाग्योे र सोधे ? किन ? अलग वस्नु भएको यहाँ वस्नुहोस् अर्को महिलाले जवाफ दिनुभयो– उनिहरुले हामीसंग वस्न पाउदैनन । हुनत म पनि त्यस्तै समूदायमा हुर्केको व्यक्ति हु । मेरो आमा विमारी हँुदा पनि रजश्वला हुँदा गडाको कान्लामा वस्न जानुहुन्थ्यो । मेरो लागि यो नौलो चाहि होईन तैपनि मैले यस विषयमा अलि चासो लिएर यसलाई छलफलको विषय वनाए । सवै महिलाहरुलाई आ–आफ्नै धारणा राख्न लगाए । विभिन्न ठाउँमा घटेका घटनाहरु सुनाए । सरस्वती, लक्ष्मी, पार्वती, आदि सवै महिला नै हुन् उनिहरु रजश्वला हुँदा कहाँ वस्छन् भनि सोधे । सवैले जवाफ दिए मन्दिरमा नै वस्दछन् कि हामीलाई थाहा छैन भने– मैले हो सवै मन्दिरमा नै बस्तछन् यिनीहरु रजश्वला हँुदा हामी मन्दिरमा पुजा गर्दछौ भने तर ति महिलाहरु मैले अलिकति पनि परिवर्तन गर्न सकेन ।
मैले संगैको धमेनी वज्यैलाई सोधे, वज्यै तपाई कुन–कुन वेला नछुने हुनुहुन्छ । वताइदिनुहोस् न भने –धमेनी वज्यैबाट जवाफ आयो । कहिले कही खाना वनाउँदा कहिले पुजा गर्दा, कहिले घरबाहिर गएको वेला आदि यस्तै यस्तै । मैले पूजा गर्दा यदि तपाई नछुने हुनुभएको थाह पाउनु भयो भने के गर्नुहुन्छ । उहांले जवाफ दिनुभयो । पूजा सक्छु अनि बाहिर आएर फडकिन्छु । यसलाई नै मैले छलफलमा ल्याए । यदि यो वास्तविकता नै नहुने हुदा वाहिर बस्नु पर्ने भएको भए तपाई पजा गर्दा नछुने हुनु हुन्थेन । अर्को कुारण नहुने हँुदा पूजा कोठा हुने तर त्यसबाट वाहिर निस्किसकेपछि त्यसमा पस्न नहुने यो कस्तो समस्या हगि सवै महिलाहरुले मेरो भनाइमा सहमती जनाए तर उनिहरुको घरमा त्यसो भएन ।
एकदिन संस्थामा छलफल गर्ने क्रममा दैलेख वजारका शिक्षित महिलाहरु संग यो विषयमा कुरा राखे । उनिहरुको ठिक उल्टो जवाफ आयो । नहुने हुँदा हामीले घरको काम गर्दैनौ र आराम पाउछौ त्यसैले यो महिलाहरुको सवालले महिलाहरुलाई थप बोझ वनाउदछ । यस छलफलमा मैले गाउँका विभिन्न घटना तथा नहुनेहँुदा महिलाले गर्नुपर्ने कामहरुको र उनिहरु खाना खाने, वस्तुका वारेका भने वल्ल उनिहरुले यो सवालमा सहमती जनाए ।
यस्तै क्रममा मैले संस्थामा काम गर्ने साथीहरु र कार्यसमितिका सदस्हरु वीच राखे कतिले सहमती गर,े कतिले आपत्ती जनाए जेहोस यो सवालको वारेमा गाउँघरमा छलफल गर्ने र यसको नकारात्मक उपाएहरु परिवर्तन गर्ने भन्ने भयो ।
यपछिका दिनमा हामीले गाउँमा काम गर्दा यस सवाललाई पनि उठाउन थाल्यो । ११ दिनबाट ७ दिनमा, ७ दिनबाट ५ दिनमा, ५ दिनबाट ३ दिनमा केही महिला घरभित्र नै वस्न थाले । घरभित्र वसेका धेरै जसो महिलालाई हालसम्म केही भएको छैन , कोही ति महिला विमारी हुँदा यही आरोप लगाउँछन तर त्यो चाँही होइन भन्ने उनिहरुले बुझेका छन् ।

वास्तवमा छाउपडी प्रथाले महिलाहरुको सामाजिक, मानसिक, असर परेकोले यसबाट छुट्कारा दिन सम्पूर्ण संघ–संस्था, नागरिक समाज, बुद्दिजीवि, विद्यार्थी, कर्मचारी सवैले यस विषयमा घर, टोल छिमेकम छलफल गर्नुपर्ने देखिन्छ । र यसलाई सामाजिक रुपमा रुपान्तरण गरी महिलाहरुको मर्यादालाई कायम गर्नु पर्ने देखिन्छ । संघ–संस्थाका व्यक्तिहरुले यसलाई कार्यक्रम नमानी यो एउटा सवाल भएको जहासुकै जतिखेर पनि यस विषयमा चासो लिई छलफल गर्नुपर्ने देखिन्छ ।



1 Comment on छाउपडी प्रथा र त्यसले महिलामथि पारेको असर

  1. I was able to find good info from your content.

    Klikkaa: Elektroniska cigaretterna [perplus.com]

Leave a comment

Your email address will not be published.


*