DPAC Meeting जिल्ला परियाेजना सल्लाकार समिति वैठक
जिल्ला परीयोजना सल्लाहकार समितिको पहिलो वैढक सम्पन्न
सामाजिक सेवा केन्द्र ( सोसेक) नेपाल दैलेख द्धारा दैलेख जिल्लामा संचालित सम्पूर्ण परीयोजनाका जिल्ला सल्लाहकार समितिको वैठक सम्पन्न भएकोछ । सोसेक दैलेखका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले संस्थाको लक्ष्य, उदेश्य र प्रगति विवरण प्रस्तुत गर्नु भयो । डा. निर्मल रसाईलीले सोसेक दैलेखले जिल्ला स्वास्थ्य कार्यालयको आग्रहमा विभिन्न विपन्न महिला तथा वालवालिकालाई उपचार सहयोग गरेकोमा धन्यवाद दिदै सुरक्षित मातृत्व आकस्मीक कोष परिचालनमा सहयोग गर्न अनुरोध गर्नु भयो । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले वालवालिका र महिलाका सवालमा सोसेकले गरेको सहयोगलाई धन्यवाद सहित आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नु भयो । प्मुख जिल्ला अधिकारी पिताम्वर धिमीरेले सोसेकले गरेका कार्यक्रमहरु प्रभावकारी रहेको र देखिएकोछ भन्दै पुर्ण जन्मदर्ता गाविस कार्यक्रमलाई दुई गाविसमा सिमित नराखी दैलेख जिल्ला भरी नै संचालन गर्न अनुरोध गर्नु भयो । उहां थप्नु भयो “आपत विपद पर्दा सोसेकलाई नै सम्झने गरेको र संस्थाले सक्दो सहयोग गर्ने कार्य प्रशसनिय छ, यस प्रशसावाट लठ्ठ नभई कार्यक्रमको दिगोपनामा कमि हुन नदिन र सरोकारवाला निकायसंग अझ वढी समन्वय गरि कार्यक्रम संचालन गर्न आग्रहछ” । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले संस्थाले महिला, वालवालिका, स्वास्थ्य तथा सरसफाई पुर्वाधार निर्माण र आय आर्जनका क्षेत्रमा मात्र काम नगरि लागु औषधी दुरव्यसनीको क्षेत्रमा काम गर्न आग्रह गर्नु भयो । उहाँले थप्नु भयो “संस्थाले जिल्लामा पारदर्शीरुपमा प्रभावकारी काम गरेको देखिएकोछ भन्दै अझ वढी राम्रो गर्न अनुरोध सहित सकारात्मक सोच लिएर आएमा जिल्ला विकास समिति दैलेखले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो” ।
स्थानीय विकास अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पिताम्वर धिमीरे रहनु भएको थियो भने निमित जिल्ला शिक्षा अधिकारी हेम कुमार ढकालले स्वागत तथा सोसेकका परियोजना अधिकृत नवराज विसीले संचालन गरेको कार्यक्रममा वालवालिका, सरोकारवाला निकाय, गै. स.स प्रमुख तथा प्रतिनिधी, पत्रकार को उपस्थिती रहेको थियो ।
Down load Event_Report On DPAC Meeting
– See more at: http://sosec.org.np/np/?p=1271#sthash.8DVE2J6z.dpuf
प्रतिक्रिया