लक्षित वर्गको बजेट सदुपयोग हुन्छ: कार्यकारी अधिकृत

लक्षित वर्गको बजेट सदुपयोग हुन्छ: कार्यकारी अधिकृत

दुल्लू, ३० असार – दुल्लू नगरपालिका कार्यालयले लक्षित वर्गको विकास बजेट अझै प्रभावकारी रुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाएको छ । नगरपालिका कार्यालयको आयोजनामा आज दुल्लूमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यकारी अधिकृत दीपेन्द्रबहादुर शाहीले नयाँ नगरपालिका भएपनि महिला, दलित, जनजाति, बालबालिका क्षेत्रको श्रोतलाई सदुपयोग गरिएको बताउनुभयो ।
इलाका प्रशासन कार्यालयका शाखा अधिकृत गंगाराम गिरीले इलाका स्तरका कार्यालयको सीमित श्रोत साधनको प्रयोग गर्दै अधिक काम गर्न सकेको भन्दै कर्मचारीको मनोबल बढाउन आग्रह गर्नुभयो । उहाँले गलत काम गर्ने कर्मचारीलाई कडा कारबाही गर्र्ने भन्दै प्रक्रियागत रुपमा उजुरी लिएर आए कारवाही गरिने प्रष्ट पार्नुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने, नगरको सडकको गुणस्तर सुधार गर्न, योजना अनुगमन प्रभावकारिता, उपभोक्ता समितिका खर्च पारदर्शिता लगायतका विषयमा स्थानीयले जिज्ञासा राखेका थिए । नगरपालीका स्थित अनुगमन समितीले अनुगमन गरेका आयोजनाको भुक्तानीमा समस्या खडा गरेको भन्दै सहभागीले गुनासो राखेका थिए । सहभागीहरुले विगतमा गरिएका प्रतिवद्धताको पूर्णतया कार्यान्वयन गर्नु पर्नेमा जोड थिए । सार्वजनिक सुनुवाईमा सूर्यबहादुर भण्डारी,कलम नेपाली, सूर्य विक, मणिराज जैशी, तिलकप्रसाद आचार्य, लक्ष्मिप्रसाद आचार्य लगाएत ११ जनाले विभिन्न सवालहरु उठाएका थिए ।
नगर क्षत्र लगाएत जिल्लका अन्य भागमा वन नासिने क्रम बढेको भए पनि जिल्ला बन लगाएत इलाका बन कार्यालय दुल्लुले कुनै सुनुवार्य नगरेको भन्दै बन कार्यालयको विरोध गरेका थिए । दुल्लु नपा १० का तिलक आचार्यले विभिन्न बहानामा बन नासिने क्रम बढेको भन्दै बन सँग सम्वन्धित कर्मचारीको चरम लापरवाहीका कारण यसले प्रसय पाएको लगाए ।
कार्यक्रममा उठेका प्रश्नहरुका विषयमा नेपाली काँग्रेसका भूपेन्द्रजंग महत, नेकपा एमालेका दुर्गाप्रसाद पोखरेल, नेमकिपाका मदन भण्डारी, कृषि सेवा केन्द्रका जेटीए उमेश चौधरी लगायत विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले जवाफ दिनु भएको छ ।
दुल्लु नगरपालीकाको आर्थीक सहयोग तथा हाम्रो तेश्रोआँखा राष्टिय दैनिकसँगको सहकार्यमा सञ्चालित कार्यक्रमको हाम्रो तेस्रोआँखा दैनिकका अतिथि सम्पादक अमरबहादुर सुनाले सहजीकरण गर्नु भएकोथियो ।

प्रतिक्रिया