गरे के हुन्न र ?

          |   प्रकाशित मितिः शनिबार, साउन १६, २०७२     ::: 511 पटक पढिएको   |  

प्रकाश अधिकारी
दैलेख– एक समय थियो ‘बादीलाई नजिक बसाल्नुहुन्न । यिनीहरु फोहोर गर्छन् । मागेर हैरान गर्छन्’ दिनदिनै यस्तै लबिइ¨ चल्थ्यो । अन्यत्र सार्न माग राखी हुलका हुल ‘डेलिगेसन’ प्रशासन, नगरपालिका कार्यालयमा पुग्थ्यो । सशस्त्र द्वन्द्वले गाउँमा आफ्नो पुख्र्यौली पेशा व्यवसाय ठप्प पारेपछि गास–बास खोज्दै सदरमुकाम आएका बादी समुदायलाई हेयका दृष्टिले हेरिन्थ्यो । गणेश चोक आसपासका बासिन्दा बादीहरुको अव्यवस्थित बसोबास, कचिंगल देखेर आजित थिए । १४ वर्ष अघिको कुरा हो यो ।Badi-Gharद्वन्द्वले मादल बनाउने, नाचगान गर्ने पेशा संकटमा प¥यो । विकल्पको खोजीमा बजार छेउछाउ केन्द्रित हुन थाले । जिल्लाभर छरिएर बसेका बादी समुदाय आफ्नो जीवन रक्षाका लागि शणरार्थीका रुपमा सदरमुकाममा आए । दिवंगत पत्रकार डेकेन्द्रराज थापाको अगुवाइमा यो समुदायलाई यहाँ बसालियो । सुरुमा १२ घर वादी समुदाय यहाँ बसे । त्यसको एक दुई वर्षमै थप गरी हाल घरधुरीको संख्या ६५ पुगेको छ । २ सय भन्दा बढी जनसंख्या छ । घरबार, श्रीसम्पतिविहिन उनीहरु पाल टांगेर जंगलको छेउमा बसेका थिए । ‘धेरै वर्षसम्म हात मुख जोर्नमै संघर्ष गरिरह्यौं’ अगुवा महिला पवाले भनिन्, ‘कति दिन भोकभोकै बस्यौं । खाली पेटमै भारी बोक्नुपर्ने बाध्यता थियो । एकसरो कपडामै वर्ष दिन बितायौं ।’
अहिले यो समुदायको सामाजिक आर्थिक अवस्थामा चामत्कारिक सुधार भएको छ । कुनैबेला घृणाका पात्र वादी समुदाय अचेल सबैका लागि प्रिय छन् । लवाइखुवाइ अन्य समुदायकामा भन्दा कुनै अन्तर छैन् । ज्याला मजदुरीबाट आर्जित पैसाले घरायसी अवस्था सुधारेकामात्र छैनन् छोराछोरीलाई सहरीया पढ्ने महंगा निजी स्कूलमा पढाएका छन् । पालको साटो जस्ताले छाएका छन् । टिभी, दराज नभएको घर भेटाउन मुस्किल छ । ‘हामीले पढ्न नपाएर दुःख पायौं । त्यसैले जति अपुग भएपनि छोराछोरीलाई राम्रो स्कूल पढाउन सुरु गरेका हौं’ हीरा वादीले भनिन्, सबैले केटाकेटीको सुन्दर भविष्य सोचेका छौं ।’ पहिले बाबुआमासंगै काममा जाने बालबालिकाहरु पछिल्ला केही वर्षदेखि स्कूल जाने, बिहान–बेलुका घरमा बसेर पढ्ने गर्दछन् ।
बाँसीबाट १४ वर्ष अघि आएकी बालकुमारीले आफ्ना तीन छोराछोरीलाई सनराइज बोर्डिंग स्कूल पढाएकी छिन् । हिरा र दीपकले पनि छोराछोरी निजी स्कूलमै पढाएका छन् । हिराले मजदुरी गरेर दैनिक एक हजार पन्ध्र सयसम्म कमाउने गरेको बताइन् । ‘कहिल्यै कत्ति हँुदैन’ उनले भनिन, नेपाल बन्द भयो भने त चूलो बल्दैन् । ट्रक, ट्याक्टर गाडीले जीविका चलाएको छ ।’
फोटो क्याप्सन ः
१. टिभी हेर्दै एक वादी महिला । केही वर्ष अघिसम्म टिभी त के यो समुदायलाई खान लाउनै चिन्ता थियो । तस्बिर ः प्रकाश अधिकारी



Leave a comment

Your email address will not be published.


*