दैलेखकी कौशी बिकलाई युवा प्रोत्साहन पुरस्कार

दैलेखकी कौशी बिकलाई युवा प्रोत्साहन पुरस्कार

दैलेख, साउन १९ –

दैलेखको पिपलकोट गाविस वडा नं. २ निवासी कौशी बिकलाई तरकारी खेतीमा उल्लेख्य योगदान गरेको भन्दै युवा तथा खेलकूद मन्त्रालयले ५० हजारको युवा उद्यमी पुरस्कार प्रदान गरेको छ ।
आफूले तरकारी व्यवसाय गर्नुसंगै युवालाई प्रोत्साहन गरेको भन्दै युवा तथा खेलकूद मन्त्रालयले पठाएको सो पुरस्कार प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले आज दैलेखमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नु भयो ।
देशभर १६ देखि ४० वर्ष उमेरका ३७ जना युवा प्रतिभा तथा उद्यमीलाई युवा तथा खेलकूद मन्त्रालयले पुरस्कार दिंदा दैलेखकी कौशी बिक पुरस्कृत हुनु जिल्लाको सम्मान भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले टिप्पणी गर्नुभयो ।
कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित कौशी बिकको तरकारी खेती परिश्रम सम्वन्धीमा समाचारका आधारमा पुरस्कृत गरिएको युवा तथा खेलकूद मन्त्रालयका शाखा अधिकृत ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाहीले कारोबार दैनिकका सम्वाददाता महेन्द्र सापकोटाको समाचारले एक उद्यमी पुरस्कृत हुनु पत्रकारका लागि समेत गौरव भएको बताउनुभयो ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखवाट संचालित कार्यक्रमको समुहमा वसी नमुना युवा उघमी वनेको कुरा अध्यक्ष हीरासिंह थापाले वताए ।

प्रतिक्रिया