आम्दानी नै मेरो डोको

आम्दानी नै मेरो डोको

महेन्द्र सापकोटा
दैलेख २१ साउन–रोजगारीको लागि स्थानीय यूवाहरु दिनहुँ विदेश पलायन भैरहेका वेला द्धारी–९ का मोतीलाल रोकाको आम्दानी नै डोको भएकोछ । मोतिलाललाई आज भोली डोको बुन्न भ्याई–नभ्याई भएको छ । रोजगारीको लागि गतिलो माध्यम रोजेका रोकाले डोको तयार गरी विक्रि गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । photo doko
आफ्नो गाउँमै केही गर्नुपर्छ भनेर उत्साहका साथ लागेका रोकाले उकै समयमा वाख्रा पालन र डोको वुनेर राम्रो आम्दानी गर्न थालेका हुन् । बाख्रा पालनसंगै डोको वुन्न पनि सजिलो हुने भएकाले उनिले वनमा बाख्रा चराउन गएको वेला पनि डोको बुन्ने गर्दै आएका छन् । विगतमा डोका बुनेर एक दिनको वाटो हिडेर सदरमुकाम दैलेख बजारसम्म ल्याएर पसल पसल डुलाउर्दै विक्रि गर्ने मोतीलाललाई अहिले आसपासका स्थानीय लगाएत डोको खदिका लागि लागि घरसम्म आउने गरेको उनले बताए । पछिल्लो समायमा त्यस क्षेत्रमा द्धारी र नौमूलेमा हाइड्रोपावर निर्माण हुदै गर्दा ढुंगा गिट्टी लगाएत अन्य सामान बोक्नको लागि बढिमात्रमा डोकाको माग आएको रोका बताउँछन् । ‘पहिला डोका वेच्न बजार धाउनु पथ्र्यो’ रोकाले भने, ‘आजभोली डोका किन्न घरमै आउँछन्, माग अनुसार तयार गर्न मुस्कील परेको छ ।’
बाउ बाजेले घर गुजराको लागि डोको बुन्ने गरेपनि अहिले आफ्ले यस पेशालाई व्यवसायीक रुपमा अगाडि बढाउँदै आएको अर्का डोको उद्यमी भिमबहादुर तारामीले बताए । ‘चार ÷पाँच दिनको समय लगाएर लेखमा बसेर कच्चा सामाग्री तयार गर्नु पर्छ’ उनले भने, ‘कच्चा सामाग्री घरमा ल्याएर दैनिक ३÷४ ओटा डोको तयार गर्छु ।’
गुजराका लागि डोको बुन्ने व्यवसाय गर्दै आएका मोतिलाल अहिले घरमै बसेर राम्रो आम्दानी गर्न सफल भएका छन् । ‘डोको तयार गर्दा न पैसा खर्च हुन्छ, न ठूलो लगानी चाहिन्छ’ उनले भने, घरमै बसेर राम्रो आम्दानी हुन्छ घरपरिवारको हेरचाह पनि हुन्छ ।’ डोकाको लागि कच्चा सामाग्री तयार गर्न टाढा जानुपर्ने भएकाले लामो समय लागेपनि कच्चा सामाग्री घरमा ल्याएपछि यस संगै अन्य काममा पनि सहयोग पुग्ने रोकाले बताए । गाउँमा आम्दानीको लागि प्रशस्त स्रोतहरु भएपनि युवाहरु विदेश पलायन हुनुले गाउँमा आम्दानीका स्रोतहरु त्यसै खेर गएको उनि बताउँछन् ।
अहिले विदेश जाने यूवाहरुलाई पनि कुनै न कुनै सीप सिकी आफ्नै गाउँघरमा व्यवसाय संचालन गर्न सुझाव दिदैं आएका छन् । अर्काको देशमा गएर दुख गर्ने यूवाहरुलाई गाउँमा थुप्रै आम्दानीका स्रोत भएको भन्दै सम्झाउँदै आएको मोतिलालले बताए । ‘मैले डोको वुनेर घर खर्च छोरा छोरीको पढाई समेतलाई पु¥याउँदै आउको छु’ उनले भने, दैनिक ३÷४ डोका तयार गरेर प्रति डोको १ सय ५० रुपैयामा घरमै किन्न आउँछन् ।’

प्रतिक्रिया