जिल्लाा प्रसाशन धर्ना तथा बन्द सफल भएको आन्दोलनकारीको दावि, माग पुरा नभए सम्म आन्दोलन निरन्तर हुने

जिल्लाा प्रसाशन धर्ना तथा बन्द सफल भएको आन्दोलनकारीको दावि, माग पुरा नभए सम्म आन्दोलन निरन्तर हुने

२७ साउन, दैलेख ।
समग्र मध्यपश्चिमको एक प्रदेश हुनुपर्ने माग गर्दै दैलेखवासीले वुधवार गरेको दैलेख बन्द तथा जिल्ला प्रशासन कार्यालय धर्ना पूर्णतया सफल भएको राजनीतिक दलले दावि गरेका छन् । 11830228_856908111064040_1002000880_n
राज्यले मागको सम्बोधन नगरे सम्म सडक संघर्ष लगाएतका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । दैलेखी जनतका आवाजहरु सिंहदरवार र संविधान सभा सम्म सुनाउन अझै आन्दोलनलाई कडा रुपमा लैजाने बताइएको छ । हरेक हिसावले पछि पारिएको मध्यपश्चिमलाई बिभाजन गरेर अझै पछि पार्ने नियत राज्यले राखेको भन्दै सर्बसाधारणले स्वस्फुर्त बजार बन्द गरेका थिए । जिल्ला स्थित संघर्ष समितिलाई सर्बसाधारणहरुले राज्यलाई आफ्ना माग सुनाउन बन्दको घोषणा गर्न दवाव दिएका थिए । जिल्ला भरीका पसल, विद्यालय, वित्तीय सस्थाहरु, कलकारखानाहरु बन्द भएका छन् । स्वस्फुर्त रुपमा ब्यापारी ब्यवसायीले बन्दमा सहयोग गरेकाले कुनै अप्रिय घटना नभएको आन्दोलनकारीहरुले बताएका छन् ।
भेरीका दैलेख सुर्खेत, जाजरकोट र कर्णाली अञ्चलका पाँच वटै जिल्ला छैठौ प्रदेश सुदुरपश्चिम र बाँके र बर्दिया सहित रापतीका सबै जिल्ला पाँचौ प्रदेशमा गाभेको भन्दै दैलेखी सडक संघर्षमा उत्रेका हुन् । नागरिक समाज सहित सम्पुर्ण राजनीतिक दलहरुको सहभागितामा सर्वपक्षिय आन्दोलन संयोजन समिति गठन गरि अखण्ड मध्यपश्चिमको माग गर्दै नारा जुलुस सहित बजार परिक्रमा गरिएको थियो । अहिले गरिएको सिमांकन खारेज गरि मध्यपश्चिमलाई सातौ प्रदेशमा सिमांकन गर्नु पर्ने नत्र पाँच विकास क्षेत्रको सिमांकनलाई यथावत राखी पाँच प्रदेश नै कायम गरिनु पर्ने दैलेखीले विकल्प समेत राखेका छन् । यहि स्थितिमा सिमांकन रहे मध्यपश्चिमीहरुलाई मान्य नहुने यसका लागि जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने दैलेख वासीहरुले चेतावनी दिएका छन् ।
बन्दका क्रममा निकालिएको विरोध जुलुस देवकोटा चोकमा पुगी कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा जिल्ला स्थित आन्दोलनरत राजनितिक दल, नागरिक समाजका अगुवाहरुले सम्बोधन गरेका थिए । कोणसभामा नेपाली काग्रेसका जिल्ला उपसभापती कर्णबहादुर शाहीले भेरी कर्णाली राज्यका लागि केन्द्रका नेताहरु मार्फत पहल भैरहेको भन्दै सबैले आआफ्नो ठाउँबाट लाग्नु पर्ने बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले राज्यले गरेको अवैज्ञानिक सिमांकनका विरुद्धमा जिल्लाका सबै राजनीतिक दलहरु दलिय स्वार्थभन्दा माथी उठेर सडकमा उत्रीएको भन्दै माग सम्बोधन नभए सम्म आन्दोलन यथावत हुने बताए ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सचिव छवि सुवेदीले आफ्नो पहिचान स्थापीत गर्न र दविएको क्षेत्रको छट्टै प्रदेश हुनुपर्ने बताए । नेमकिपाका नेता निरकबहादुर शाहीले चार दलले गरेको अवैज्ञानिक सिमांकनको खाका तत्काल सच्याउन माग गरे । कार्यक्रममा उद्योग वाणिज्य संधका अध्यक्ष शान्ति शर्माले बन्दमा सहयोग गरेको भन्दै सबै ब्यवसायीलाई धन्यवाद दिदै आफ्नो अधिकारका लागि आन्दोलनका कार्यक्रमहरु निरन्तर राखिने बताए ।

प्रतिक्रिया