व्यवसायिक बन्दै गाउँका महिला

व्यवसायिक बन्दै गाउँका महिला

महेन्द्र सापकोटा
दैलेख २७ श्रावण– पिपलकोट–७ की बहुन्धरी वि.क.लाई अहिले आफ्नो व्यवसायवाट अन्य ठाउमा जान फुर्सद समेत छैन । गाउँ घरमा विभिन्न महिला लक्षित कार्यक्रम गएपछि महिलाहरुलाई अहिले आफुले सक्ने व्यावसाय गर्न सहज हुने गरेको छ । बहुन्धरीले बाख्रापालन व्यवसायवाट राम्रो आम्दानी गरेकी छन् । पहिला घाँस दाउरा र चुलो चौकोमा सिमित महिलाहरु अहिले विभिन्न समुहमा समेत सहभागि भएर व्यवसायिक बन्दै गएका छन् । बहुन्धरीमात्र नभई मात्रै होइन पिपलकोट संगै त्यहाँ आसपासका गाविसहरुका महिलाहरु कसैले बाख्रा त कसैले तरकारी खेतीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् । बहन्धरीले बाख्रा पालनवाट घर खर्च र छोराछोरी सजिलै संग पढाउन सकेकी छन् । पुख्र्यौली घर अछाम जिल्ला भएकी बहुन्धरीले पुख्र्यौैली पिढिले पनि यस्तै अरुकै काम गरेर जीवन यापन गर्दै आएपनि आफुले त्यती दुख नगरेरै घरमै राम्रो आम्दानी भएको बताइन् । स्थानीय संस्था सामाजिक सेवाकेन्द्र सोसेक अन्तरगत गठित पञ्चदेवल सामुदायिक संस्थाबाट ऋण लिई ७ वटा बाख्रावाट व्यवसाय सुरु गरीकी उनले राम्रो आम्दानीको स्रोत बाख्रा पालन भएको बताइन् । ‘महिलाहरुले ग्राहो काम गर्न नसकेपनि बाख्रापालन र तरकारीखेतिवाट राम्रो कमाउन सक्छन्’ उनले भनिन्, ‘विना झनझट् छोटो समयमै राम्रो प्रतिफल पाइने भएकाले मैले बाख्रा पालन व्यवसाय रोजेकी हुँ ।’ बाख्रापालन व्यवसायले उनको घर खर्च लगायत सम्पूर्ण समस्या टार्ने श्रोतको रुपमा रहेको छ । ७ जनाको घरपरिवार भएकी उनले परिवारलाई आवश्यक पर्ने विभिन्न किसिमका समस्याहरु यसै व्यवसायबाट सहजै तरिकाले समस्या समाधान समेत गर्दे आएकी छन् । छोरा छोरीलाई पढ्न लेख्नको लागि चाहिने कापी कलम, लुगा लत्ता, चाडपर्व जस्ता सामाजिक संस्कारका अन्य काममा पनि कुनै समस्या नपरेको उनि बताउँछिन् । ‘घरमा पैसाको समस्या पर्ने वित्तिकै एउटा बाख्रा वेचेपनि भइहाल्छ उनले भनिन्, ‘खोरमा १८–२२ वटा बाख्रा कहिल्यै खाली हुँदैनन् ।’ व्यवसाय सुरु गर्नु भन्दा अगाडि बास स्थानमा समस्या झेल्दै आएकी उनले यसै व्यवसावाट पक्की घर समेत बनाएकी छन् । चुलो र चौकोमा सिमित महिलाहरु अहिले धमाधम व्यवसाय संचालन गर्दै आम्दानी गर्न थालेका छन् । बिक जस्तै जस्तै सधै चुलो चौकोमा बस्ने महिलाहरु घरबाट बाहिर निस्कन मात्रै थालेका छैनन् आफै बचत गर्ने, ऋण लगानी गर्ने बिभिन्न ब्यबसाय मार्फत आम्दानी गर्न पनि सफल भएका छन् । गाउँमा सञ्चालित गरिवि निवारण कोष अन्तरगत परियोजना मार्फत ज्ञान, सिप र सामान्य टेवा सुबिधा लिएपछि त्यसकै आधारमा नमुना ब्यबसाय गर्न सफल हुन थालेका हुन् । पिपलकोटकै गौरा नेपाली ३ वर्ष पहिलेदेखि बाख्रा पालन सुरु गरेपछि बार्षिक रुपमा ८०–९० हजार सम्म सम्म आम्दानी गर्छिन । ‘पहिले चुरा पोते लगाउनका लागि श्रीमानको आश गर्नुपथ्र्यो’ उनले भनिनन् ‘अब चुरापोतेका लागि श्रीमानसंग आश गर्ने होइन, परिवारका लागि शहरबजारमा बास बसाउन पनि मेरो कमाईले पुग्छ’ यसै व्यवसायवाट उनले घरपरिवार राम्रोसंग चलाएकी छन् । ‘मेहेनत गरे १५–२० वटा बाख्रा पाले पनि राम्रो कमाई हुन्छ’ उनले भनिन्, ‘महिलाले अघि बढेर केही गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनले बिदेशमा रोजगारीका लागि जान लागेका आफ्ना आफन्तलाई समेत आफ्नै गाउँघरमा आम्दानीको स्रोत भएको सिकाउदै आएको बताइन् । ‘महिलाहरुले नै अघि बढेर ब्यबसाय गर्नुपर्छ’ उनले भनिन् ‘आत्मनिर्भर बन्नका लागि महिलाले आम्दानी गर्न सक्नुपर्छ ’ गरिवी निवारण परियोजना मार्फत जिल्लाका धेरै महिलाले ब्यबसाय शुरु गरेका हुन् । समुहमा आबद्ध महिलाले नियमित रुपमा बचत गर्ने, उपहार प्रदान गर्ने तथा आयआर्जनका लागि बाखापालान र तरकारी खेती गर्दै आएका छन् । महिलाहरुमा पछिल्लो समयमा जागरण नै आएको सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए । ‘समुहमा बस्ने, विभिन्न तालिम लिन थालेपछि महिलाहरुमा नसोचेको परिर्वतन देख्न सकिन्छ’ उनले भने ‘प्रेरित गर्न मात्रै सकेमा पनि महिलाहरुले पुरुषले भन्दा बढी आर्थिक र सामाजिक परिर्वतन गरेर देखाउन थालेका छन् ।’ समुदायको मागमा आधारीत विभिन्न किसिमका आय आर्जन, क्षमता विकास, सामाजिक परिचालन लगायत सामुदायिक पूर्वाधार विकास कार्यहरु एकीकृत सामुदायिक विकास परियोजना मार्फत संचालन भइरहेका छन् ।

प्रतिक्रिया