जीविकोपार्जनमा उपयोगी बन्दै तरकारी खेती

जीविकोपार्जनमा उपयोगी बन्दै तरकारी खेती

महेन्द्र सापकोटा दैलेख २७, श्रावण–

‘वुढेसकालमा पनि पैसाले वुढो भइस भन्दो रहेनछ । केहि सिप नलागेपछि कसको के लाग्छ र ?’ उमेरले ५५ वर्ष पुगेका दैलेख दुल्लु नगरपालिका –१० वडलम्जीका नन्दबहादुर शाहीले अहिले तरकारी खेतीवाटै वार्षिक रुपमा १ लाख रुपैयाँ भन्दा वढि आम्दानी गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि वुढेसकालमा पनि भारतमा ज्याला मजदुरी गर्दै आएका शाहीले ४ वर्ष अगाडिदेखि गाउँमै तरकारी खेती सुरु गरेका हुन् । ग्रामिण विकास सेवा केन्द्र दैलेखले हेल्भेटाँसको सहयोगमा दिगो भू–व्यवस्थापन कार्यक्रम संचालन गरेपछि साइती कृषक समुहमा आवद्ध हुदै आएका शाहीले सानो लगानीवाट तरकारी खेती सुरु गरेको वताए । ‘ज्याला मजदुरी गरी आफ्नो पारिवारीक जीवन चलाउँदै आएको थिए’ उनले भने, ‘अहिले आफ्नै मेहेनतले तरकारी खेती गर्न थालेपछि आम्दानीको राम्रो माध्यम भएको छ यो पेशा ।’ मेहेनत गरे के हुन्न र ? अहिले उनले यस्तै यस्तै उदाहरण दिई गाउँमा श्रम गर्न थालेका छन् । उनि अहिले तरकारी व्यापारीका नामले परिचित समेत हुन थालेका छन् । वेमौसमी रुपमा हरेक तरकारी उत्पादन गरी विक्रि वितरण गर्दै आएका शाही समुहमा वसेरै तरकारी खेती सम्बन्धि तालिम लिएका हुन् । तरकारी बेचेर घर खर्च चलाउन छोराछोरी पढाउन सजिलो भएको उनले बताए । साथै उनि लगाएत त्यस क्षेत्रका महिलाहरुले पनि आफै टमाटरको जातीय परिक्षण गरी खेती गर्न थालेका छन् । प्लाष्टिक टनेलमार्फत अति विपन्न परिवारको आर्थिक उन्नतिका लागि टमाटर खेती थालेको हो । विभिन्न ५ जातका टमाटरको जातीय परिक्षण गरी आफ्नो गाउँमा राम्रो उत्पादन हुने जातको पहिचान समेत गर्दछन् । समुहमा आवद्ध सदस्यहरु पहिला ज्याला मजदुरी गर्दै आएपनि तरकारी खेतीगर्न थालेपछि तरकारी व्यापारीले समेत चिनिन थालेका हुन् । काउली, बन्दा, टमाटर, खुर्सानी, सिमी, काँक्रा, फर्सि लगाएतका तरकारी उत्पादन गरी डाडीमाडी वजारमा खपत हुने गरेको उनिहरु वताउँछन् । सानो तरकारी खेतीवाट सुरु गरेका अधिकांश स्थानीयहरुले साना साना खुद्रा व्यापार सम्म जोडेको नन्दबहादुर शाहीले बताए । समुहका सदस्यहरुले आफ्नो करेसामा यतिबेला विभिन्न तरकारी र टमाटर लटरम्म फलाएका छन् । यस्तै गमौडी –९ बिजौराकी ४० वर्षिय राजुकमारी थापाले पनि तरकारी बेचेरै घरमा गोरुदेखी सुनसम्म जोडेको बताइन् । घरपरिवार पाल्लन मुस्कील भएका वेला उनले तरकारी उत्पादन गरेरै राम्रो आम्दानी गरेकी छन् । विजौरा गाँउकै उनी मेहनती ,लगनशिल र परिश्रमी महिला कृषकका रुपमा परिचित छिन् । तरकारी खेतीबाट २ महिना पहिले एक हल गोरु र सुन जोडेकी छन् । बारीमा फलाएको काउली, बन्दा र टमाटर लगायतका अन्य तरकारी खेतीबाट घर खर्च चलाउँदै आएको वताइतन् । झाँडीले टम्म भएको जमिनमा तरकारी खेती गरेर हराभरा तरकारी राजुले फलाएकी छिन् । तरकारी खेतीबाट नै उनले तीन छोरी दूई छोरा गरि ६ जनाको परिवार पाल्दै आएकी छन् । वेमौसमी होस वा मौसमी प्रत्येक सिजनमा राम्रो उत्पादनबाट कमाई पनि राम्रो हुने गरेको उनले भनिन् । उनी मात्र होइनन् राम्रो तरकारी फलाउने कृषकका रुपमा सोही ठाउँका इन्द्रबहादुर खत्रीलाई स्थानीयवासी अगुवा कृषकका रुपमा चिन्दछन् । पहिले÷पहिले घर खर्च चलाउन धौ– धौ पर्ने अवस्था भएका मानिसले तरकारी खेतीवाट राम्रो आम्दानी हुन थालेपछि घर खर्च चलाउन समेत समस्या हट्दै गएको राजुको भनाई छ । तरकारी खेतीमै गाँउका अधिकाँध कृषकहरु जिविकोपार्जन गर्दै आएका छन् । व्यवसायिक तरकारी खेतीमा कृषकहरु दिनहुँ तरकारी किनेर मागेर गुजारा चलाउने गरेका नौमुले क्षेत्रका कृषकहरु अहिले व्यवशायिक तरकारी खेतीतर्फ अग्रसर भएका छन् । तरकारी उत्पादन गरेर यहाँ का थुपै्र कृषकहरुले तरकारी संकलन केन्द्र तथा फाट फुटमा विक्रि गरि एकै सिजनमा हजारौं रुपैंया कमाउन थालेका छन् । ‘पहिले नुन खुर्सानीसंग छाक टार्ने चलन थियो, द्धारी –१ का दिपेन्द्र पुनले भने, ‘आजभोलि तरकारी नफलाउने कोही छैनन् ।’ गाउँमै बजारको पहँुच पुगेपछि त्यस भेकका नौमुले, सल्लेरी, कालिका,द्धारी र बालुवाटार गाविसका कृषकहरु व्यवशायिक तरकारी खेती गर्न थालेको हुन् । कालिका ८ का दानबहादुर हमालले १५ पाथी गहुँ मकै लगाएतका अन्न फल्ने जग्गामा तरकारी खेती गरी एकै सिजनमा २५ हजार बढि आम्दानी गरेको बताए । ‘पहिले बजार र समय परिस्थिति अनुकुल थिएन ‘अब गाउँमै बसेर कमाउन सकिने भयो’ हमालले भने । उत्तरपुर्वी क्षेत्रका ७ गाविसको केन्द्रबिन्दु नौमुलेमा व्यापारिक चहलपहलसंगै तरकारी र फलफुलको माग पनि बढ्दो छ । साथै अहिले वजारको वढ्दो माग संगै यस नौमुले वजारमा एक तरकारी संकलन केन्द्र समेत वनेको छ । यस तरकारी संकलन केन्द्र संचालनमा आएपछि कृषकहरुलाई पनि तरकारी वोकेर डुलाउन नपर्ने सल्लेरी–१ गोगनपानीका दलवहादुर गुरुङले बताए । स्थानीय कृषि स्रोत व्यक्ति समेत उनले यो सिजनमा गहुँ खेती छाडेर टमाटर, प्याज, आलु, बन्दा काउली लगाएको जानकारी दिए । उन्नत बिउबिजन र प्रविधिमार्फत व्यवशायिक कृषिजन्य उत्पादनमा सघाउने उद्देश्यले यस भेकमा स्याक नेपालको हेल्प खाद्य सुरक्ष्ाँ परियोजना सञ्चालित छ । नौमुले बजारमा सुविधा सम्पन्न संकलन केन्द्र्र बनेपछि कृषि सामाग्रि भण्डारण र उत्पादित वस्तुहरु बिक्रीका लागि कृषकले बजार चहार्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया