व्यवसायिक सेवा प्रदायकहरुका लागि क्षमता अभिवृद्धि तालिम

व्यवसायिक सेवा प्रदायकहरुका लागि क्षमता अभिवृद्धि तालिम

ग्रामिण पहँुच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक )नेपाल, दैलेख र भिडीसेफ नेपाल कालिकोट द्धारा संचालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्र्तगत हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल दैलेखको आयोजनामा व्यवसायिक सेवा प्रदायकहरुका लागि ३ दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम होटेल पन्चकोशी, दैलेखमा संम्पन्न गरीयको छ । स्थानिय स्तरमा रहेका एग्रोभेट, तरकारी संकलन तथा बजारीकरण गर्ने साना व्यापारी र जडिवुटी संकलकहरुको बजारीकरणका क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सघाउ पु¥याउने उद्देश्यले संचालन गरीएको तालिममा मुख्य प्रशिक्षक श्री प्रविण पौडेल (कार्यक्रम व्यवस्थापक हेल्भेटास स्विस इन्टरकोअपरेसन, सामाजिक तथा आर्थिक विकास कार्यक्रम ) हनुुहुन्थ्यो भने सहायक प्रशिक्षक शिल्पा कँुवर (लिङ्क हेल्भेटास, जिल्ला कार्यक्रम संयोजक ) र प्रदिपराज रोकाया ( सेट –पि जिल्ला कार्यक्रम व्यवस्थापक) ले सो तालिमको सहजिकरण गर्नु भयो । जसमा कालिकोटका ६ जना र दैलेखका १७ जना गरी जम्मा १४ जना सहभागीहरुको सक्रिय सहभागिता रहको थियोे ।
सो कार्यक्रमको उद्घाटन व्यवसायिक सेवा प्रदायक विष्णु प्रसाद रुपाखेतीको सभापतित्व, निमित्त स्थानीय विकास अधिकारी पदम सापकोटा प्रमुख अतिथ्यिता, कृषि प्रसार अधिकृत नरेन्द्र थापा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाको आतिथ्यितामा सम्पन्न गरिएको थियोे । उद्घाटन कार्यक्रममा ग्रामीण पहूँच कार्यक्रम तेश्रो चरणका सामाजिक आर्थिक विकास अधिकृत खेमराज रेग्मी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा लगायतको उपस्थिती थियो ।
मिति २०७२ श्रावण २५ गते देखि २७ गते सम्म सञ्चालित व्यावसायिक सेवा प्रदायकहरुका लागि व्यावसायिक क्षमता अभिवृद्धि तालिमका क्रममा सहभागीहरुले आफ्नो व्यावसायिक कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता सहित तालिमको समापन गरिएको थियो ।

प्रतिक्रिया