आज पनि बन्द ।।

आज पनि बन्द ।।

भिम सिजापति ३२ साउन दैलेख

स्वायत्त भेरी–कर्णाली सहितको अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्दको कारण आज पनि दैलेखको जनजिवन प्रभाबीत भएको छ । प्रदेशको सिमाङ्कन प्रति असन्तुष्टी जनाउदै आह्वान गरिएको आम हड्तालका कारण बिहानैदेखी दैलेख सदरमुकामका बजार, पसल, होटल,तरकारी पसल,शिक्षण सस्था, सरकारी तथा गैरसरकारी कार्यालय तथा यातायतका साधनहरु ठप्प रहेका छन । बन्दका कार्यक्रम अन्र्तरगत आज दिउसो सम्पुर्ण युवा बिद्यार्थीहरुको आयोजनामा दैलेख सदरमुकाममा सिट्टी जुलुस प्रर्दशन गरिएको छ । दैलेख स्थित बिभीन्न राजनैतिक दल, बिद्यार्थी संगठनहरु,शिक्षक,सन्चारकर्मी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधीहरु लगाएत स्थानिय नागरिकहरुको सहभागीतामा सिट्टी जुलुस सहित दैलेख बजार परिक्रमा गर्दै देवकोटाचोकमा गई कोण सभा गरिएको थियो । कोण सभामा बोल्दै बिभीन्न बिद्यार्थी संगठनहरुका बक्ताहरुले जवसम्म भेरी कर्णली स्वायत्त राज्य सहितको अखण्ड मध्यपश्चिम कायम हुदैन तबसम्म आफुहरुको आन्दोलन जारीरहने बताएका छन । प्रदेशहरुको सीमांकनका क्रममा भेरी अन्चलका जिल्लाहरुलाई टुक्र्याई सुदुरपश्चिमसंग गाभिएको विरोधमा दैलेखबासी चरणबद्ध आन्दोलन उत्रिएका छन । प्रदेश नम्बर ५ मा पारिएका भेरीका बाँके र बर्दिया र कर्णालीका ५ जिल्लालाई समेटेर स्वायत्त भेरी कर्णाली राज्य बनाउनुपर्ने दैलेखबासिहरुको तिब्र माग रहेको छ । यसैबीच अबैज्ञानीक सिमाङकनको बिरुद्ध राजनैतिक दल र नागरिक समाजद्धारा दैलेखमा भैरहेको आन्दोलन प्रती एैक्यबद्धता जनाउदै भोली दैलेखका शिक्षकरुको अगुवाईमा जुलुसप्रदर्शन गरिने भएको छ । बिरोध स्वरुप भोली प्रदर्शन हुने जुलुसमा सम्पुर्ण शिक्षकहरुलाई पोषाक सहित बिहान १० बजे दैलेख सदरमुकामको गणेशचोकमा उपस्थिीत हुनका लागी संयूक्त आन्दोलन शिषक समिती दैलेखले आग्रह गरेको छ । यस्तै भोली भाद्र १ गतेको शिषक हाजिरी पनि देवकोटाचोकमा गरिने संयूक्त आन्दोलन शिषक समिती दैलेखले जनाएको छ ।

प्रतिक्रिया