पहिरोले ज्यान गुमाएका परिवारलाई राहत ।।

पहिरोले ज्यान गुमाएका परिवारलाई राहत ।।

भिम सिजापति ३२ साउन दैलेख
गएको शनिवार राति २ बजे पहिरोले घर पुरिएर दैलेख सदरमुकामको नमुना बस्तीमा मृत्युु भएका परिवारका सदस्यलाई जिल्ला दैविक प्रकोप उद्धार समितिले राहत प्रदान गरेको छ । घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले जनही ४० हजारका दरले ३ जनाको १ लाख २० हजार रुपैँया श्रीमान टेकबहादुर बादीलाई दिनुभएको हो ।

पहिरोले ज्यान गुमाएका परिवारलाई राहत ः पहिरोमा परि पुरिएर मृत्यु भएका परिवारलाई जिल्ला प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेवाट १ लाख २० हजार रुपैँया र १२ हजार ५ रुपैँया नेपाल महिला संघकी अध्यक्ष सिता रानाले टेकबहादुलाई उक्त रकम प्रदान गर्नु भएको हो ।

पहिरोले नारायण नगरपालिका–६ गणेश चौकस्थित नमुना बस्तीमा आमा रुपा बादी, अढाई महिनाका छोरा जित बहादुर बादि र अढाई वर्षीया छोरी सपना बादिको घटनास्थलमै पुरिएर मृत्यु भएको थियो । श्रीमान टेकबहादुर च्यापिएर घाइते भएका थिए । घाइते टेकबहादुरको जिल्ला स्वास्थ्य कार्यालयमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै काँग्रेस निकट नेपाल महिला संघले पनि राहत प्रदान गरेको छ । घनास्थल नमुना बस्तीमै पुगेर क्रिया खर्चका लागि १२ हजार ५ रुपैँया सहयोग गरेको हो । नेपाल महिला संघकी अध्यक्ष सिता रानाले टेकबहादुलाई उक्त रकम प्रदान गर्नु भएको हो ।

प्रतिक्रिया