कांग्रेस, एमालेले धर्मनिरपेक्षता र थ्रेसहोल्डबारे संशोधन प्रस्ताव लैजाने

कांग्रेस, एमालेले धर्मनिरपेक्षता र थ्रेसहोल्डबारे संशोधन प्रस्ताव लैजाने

मस्यौदा समितिले अन्तिम रुप दिएर शुक्रबारसाँझ सभामुखलाई बुझाएको संविधानको अन्तिम मस्यौदामा धर्मनिरपेक्षता कायमै राखिएको छ भने थ्रेसहोल्डका बारेमा केहि उल्लेख छैन।

मस्यौदा समितिले अन्तिम रुप दिएर शुक्रबारसाँझ सभामुखलाई बुझाएको संविधानको अन्तिम मस्यौदामा धर्मनिरपेक्षता कायमै राखिएको छ भने थ्रेसहोल्डका बारेमा केहि उल्लेख छैन।

यी दुवै बिषय संविधानमा पारित भएर आउँदा भने अहिले जस्तै रहने छैन। यी विषयमा कांग्रेस-एमालेले संविधानसभामा संसोधन प्रस्ताव हाल्ने लगभग तय भएको छ।

कांग्रेस र एमाले यी दुवै बिषय मस्यौदा समिति बाटै टुङ्ग्याएर पठाउन चाहन्थे। आफैले संशोधन मागेपछि अरुलाई पनि संशोधन प्रस्ताव हाल्ने ढोका खुल्छ र त्यसले संविधानसभामा प्रक्रिया लम्ब्याउन सक्छ भन्नेमा यी दुई दल सचेत थिए। त्यही भएर आज अन्तिम समयसम्म उनीहरूले एमाओवादीलाई संविधानको मस्यौदाबाट धर्मनिरपेक्षता भन्ने शब्द आजै झिकेर पठाउन खोजेका थिए। तर एमाओवादीले झिक्न मानेन।

यसअघि कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिक फोरमका शीर्ष नेताहरूबीच धर्मनिरपेक्षता अहिले नचलाउने तर कांग्रेस-एमालेले आवश्यक ठाने संविधानसभामा प्रस्ताव ल्याएर सो शब्द दुई-तिहाईले हटाउन सक्ने सहमति भएको थियो। तर राज्यलाई कुनै पनि धर्मसँग नजोड्ने र सबै नागरिकलाई धार्मिक स्वतन्त्रता रहने कुरामा पनि दलहरु सहमत थिए।

संसदमा प्रतिनिधित्व पाउनका लागि न्यूनतम मत ल्याउनुपर्ने गरि थ्रेसहोल्ड राख्नुपर्नेमा भने यी चारै दल सहमत थिए। न्यूनतम मत कति प्रतिसत राख्ने भन्नेमा यी दलहरु बिच मतभेद थियो। कांग्रेस र एमाले खसेको कुल मतको पाँच प्रतिशत ल्याउने दलले मात्र समानुपातिक तर्फ प्रतिनिधित्व पाउनुपर्ने पक्षमा थिए भने एमाओवादी र फोरम-लोकतान्त्रिक दुई प्रतिशत मात्र राख्नु पर्ने पक्षमा थिए।

अब संशोधन प्रस्ताव लैजादा थ्रेसहोल्ड तीन प्रतिशत राखिने सम्भावना रहेको एक नेताले बताए। तीन प्रतिशत थ्रेसहोल्ड कायम भयो भने पनि पाँच भन्दा थोरै दलले मात्र समानुपातिक तर्फा संसदमा प्रवेश पाउनेछन्।

सेटाे पाटीवाट सभार गरिएकाे प्रकाशित मिति: शुक्रबार, भाद्र ४, २०७२ २२:२३:३०

प्रतिक्रिया