सरकारी भवनमा बास

सरकारी भवनमा बास

पहिरोले आफुहरु बसेको जमिन थिलाथिला परेर चिरिन थालेपछि नमुना बस्तीमा रहेका बादी परिवारहरु नयाँ बनाईरहेका सरकारी भवन खोज्दै बस्न थालेका छन् । उनीहरु पुरानो कारागार, नगरपालिकाको नयाँ भवन र जिल्ला हुलाकको नवनिर्मित भवनमा बस्दै आएका छन् । ४० घरपरिवार ती सरकारी भवनमा बस्ने गरेका हुन् । तत्कालका लागि उनीहरुका लागि पालको ब्यवस्था हुन नसक्दा सुरक्षित स्थानको खोजीमा नवनिर्मित सरकारी भवनमा बसिरहेका छन् । बालबालिका सहित २ सयजती विस्थापित भएका छन् । जिल्ला दैविक प्रकोप उद्धार समितिले सुरक्षित स्थानमा बस्न आग्रह गरेकापछि उनीहरु सरकारी भवनमा बसेका हुन् ।
छिट्टै पालहरु आएपछि उनीहरुलाई सरकारी भवनबाट सुरक्षित स्थानमा सारिने दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए । बादीहरु अहिले बसीरहेको बस्ती पहिरो उच्च खोजीममा रहेकाले नयाँ ठाँउ खोजीरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । मृतकका परिवारलाई ४० हजारका दरले ३ जनाको १ लाख २० हजार रुपैँया राहतका लागि दिईएको छ ।

प्रतिक्रिया