एकै गाउँका ३ सय बढी विरामी

एकै गाउँका ३ सय बढी विरामी

गोविन्द केसी
दैलेख, भाद्र १० – पूर्वी दैलेखको जगनाथ – ९ स्थित कृष्णबहादुर केसीको घरमा मृत्युपछि ११ औं दिनको पुण्यतिथिमा पिपलपानी कार्यक्रममा हलुवा खाँदा ३ सय बढी स्थानीयहरु विरामी भएका छन् । विषादी खानाले पिपलपानी हाल्न आएको ४ गाविसका ३ सय बढी विरामी भएका हुन् ।
रुम, मेहेलतोली, जगनाथ र कट्टी गाविसबाट आएका स्थानीयहरु विरामी हुँदा गाँउमा हल्लाखल्ला नै मच्चिएको छ । उनीहरुले हलुवा आएलगत्तै विरामी हुन थालेका स्थानीयलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए । विरामीहरुमा झाडाबान्ता हुने, टाउको र पेट दुख्ने लक्षण देखीएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले बताए ।
ł७७ जना विरामीहरु गाँउकै स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको छन् । “प्रमुख जिल्ला अधिकारीले घिमिरेले भने, ३ सय बढी विरामीहरुमध्ये बाँकीको विरामीको औषधी उपचार भैरहेको छ ।” जिल्लाबाट ३ सय विरामीलाई पुग्ने १६ प्रकारका औषधी बुधबार राती नै पठाएको डाक्टर रसाईलीले बताए ।
औषधी सहितको टोली घटनास्थलमा विहिबार विहान मात्र पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विरामी सवैको गाँउमै उपचार भैरहेको जनाईएको छ । घटना लगत्तै बेस्तडा प्रहरी चौकीबाट प्रहरी टोली बुधवार साँझ घटना स्थानमा पुगेको दैलेख प्रहरी प्रमुख डिएसपी बिरबहादुर वलीले बताए ।

प्रतिक्रिया