बार्षिक उत्सव तथा विशेष अधिवेसन सम्पन्न, मञ्जु खड्का अध्यक्ष

बार्षिक उत्सव तथा विशेष अधिवेसन सम्पन्न, मञ्जु खड्का अध्यक्ष

रत्न वहादुर शाही
दैलेख ११ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको १९ औँ बार्षिक उत्सव, १७औ साधारण सभा तथा विशेष अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । संस्थाले कार्य सम्पादनमा राम्रो कार्य गर्ने कर्मचारी र समुह लगायत सुभेच्छुक केही व्यत्तित्वहरुलाई उतसवमा सम्मानित गरिएको छ ।
संस्थागत कार्यसम्पादनमा कुशलता पुर्वक राम्रो कार्य गरे वापत बसन्त श्रेष्ठ, निर्मला विष्ट, गणेश भण्डारी, नैनबहादुर शाही र तारा थापा सम्मानित भएका छन् भने कार्य क्षेत्र स्तरमा राम्रो कार्य गर्ने परिचालित समुहहरु नवसेरा यूवा क्लव राकम, मुनाल सामुदायिम संस्था रावतकोट, जनचेतना सामुदायिक संस्था विन्ध्यावासीनी, ज्वाला वाल संजाल वडाखोला, राइली मालिका यूवा संजाल विन्ध्यावासीनि र देउली खानेपानी तथा जनसेवा सामुदायिक संस्था सल्लेरी पनि सम्मानित भएका छन् । संस्थाको संस्थागत विकासका लागि सहयोग गरेको भन्दै समशेरबहादुर शाही, तिलक विक, कमलबहादुर विश्वकर्मा, खीमराज रेग्मी र भगवती उपाध्याय लाई सोसेकले उत्सवमा सम्मान गरेको छ । संस्थाले विभिन्न परियोजना मार्फत आर्थिक वर्ष ०७१।०७२ मा ४ करोड २८ लाख २८ हजार ३ सय ४६ रुपयाँ २६ पैसाको यर्थाथ कारोवारको खर्च साधारण सभामा प्रस्तुत गरेका थियो ।
मञ्जु कुमारी खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएकोछ । अन्य कार्य समिति सदस्यमा विरवहादुर नेपाली, सुर्य वहादुर शाही, सुधा कोईराला, कमला भण्डारी, रमा श्रेष्ठ, नैन वहादुर शाही, लक्षि कुमारी नेपाली, दुर्गा श्रेष्ठ निर्वाचित हुनु भएकोछ । अव वस्ने कार्य समितिको वैठकवाट अन्य पदमा जिम्मेवारी वाडफाँड गरिने कुरा अध्यक्ष मञ्जु खड्काले वताउनु भयो ।

प्रतिक्रिया