कारोवारकर्मी सापकोटा सम्मानित

कारोवारकर्मी सापकोटा सम्मानित

रत्न वहादुर शाही
दैलेख ११ भदौ–सयस वर्षको वाटु स्मृति पत्रकारीता पुरस्कारवाट कारेवारकर्मी महेन्द्र सापकोटा पुरस्कृत भएका छन् । हरेका वर्ष सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले संस्थाको साधारण सभाको अवसरमा ममतामयी आमाको सम्झनामा वाटु स्मृति पत्रकारीता पुरस्कार महिला तथा दलित र वालवालिकाको सवालमा समाचर लेख्ने पत्रकारलाई प्रदान गर्दै आएका छन् । photo 1 (2)सापकोटा कारोवार राष्ट्रिय दैनिक दैलेखका समाचारदाता र हाम्रो तेस्रो आँखा राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक सम्पादक हुन् । महिला, बालबालिका र दलितका सवालमा रहेर आफु कार्यरत संचार माध्यायममा समाचार छापेर उत्कृठ योगदान गरेको भन्दै सापकोटालाई सोसेकले उत्सव समुद्घाटन समारोहमा रु १० हजार १ रुपैयाँ सहित पुरस्कृत एवम् सम्मान गरेको हो । सोसेकले यो वर्षको वाटु स्मृति पत्रकारिता पुरस्कार पत्रकार ज्योति कटुवाललाई पनि प्रदान गरेको छ । सामाजिक सेवा केन्द्र दैलेखले हरेक वर्ष संचारकर्मीहरुलाई वाटु स्मृति पत्रकारिता पुरस्कार वाट सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया