१ सय ४३ विद्यालय कारवाहीमा

१ सय ४३ विद्यालय कारवाहीमा

गोविन्द केसी
दैलेख, भाद्र २५ – जिल्ला शिक्षा कार्यालयले जिल्लाका १ सय ४३ विद्यालयलाई कारवाही गरेको छ । विद्यालयको भवन निमाण, चर्पी निमाण, पुराना भवन मर्मत, तथा शिक्षकहरु नियमित विद्यालय उपस्थित नहुने, विद्यालयमा नभएका विद्यार्थीको संख्या बढाई शिक्षक दरवन्दी माग गर्ने जस्ता कामहरु विद्यालयबाट हुन थालेपछि कारवाहीमा परेका हुन् ।
यहाँका सरकारी सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदो अवस्थातिर जानु एकतर्फी समस्या झेलिरहेको बेला विद्यालय प्रशासनबाट निति नियम मिचेर अनैतिक कार्यहरु बढीरहेपछि जिल्ला शिक्षा कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।
विद्यालयको निमाण तथा सुधारका लागी जिल्ला शिक्षा कार्यालयले र विद्यालयसंग गरेको सम्झौता अनुरुप सामुदायीक विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयमा निर्माण काम तथा शिक्षकहरुको नियमितता सन्तोषजनक नदेखिएपछि १ सय ४३ वटा विद्यालयलाई कारवाही गरिएको हो । जिल्ला शिक्षा कार्यालयले विद्यालयको रकम निकासा नै रोक्का गरेको छ । तलव नै रोक्का गरेपछि ४ महिना तलव खान पाएका छैनन् । भवन निमाण नगरी भवन सम्पन्न भयो भन्दै माग गरिएपछि शिक्षाबाट गरिएको अनुगमनमा सम्पन्न नभएको भेटिएपछि ती विद्यालयको खाता रोक्का गरीएको हो । यस आर्थिक बर्ष देखी लागु हुने गरी जिल्लाका १५ वटा सामुदायीक विद्यालय मर्ज गरिएको छ भने १० वटा सामुदायीक विद्यालयको अनुमति रद्द गरिएको छ । ५ वटा विद्यालयको तह घटुवा समेत जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जानकारी दिए ।
जिल्लामा सञ्चालन भएका सरकारी सामुदायीक विद्यालयहरुमा पुर्वाधारका समस्या बढेपछि गत आथिएक वर्षमा पुर्वाधार बिकासका लागी शिक्षा कार्यालय मार्फत ३ करोड ८२ लाख रकम विद्यालयमा खर्चिएको थियो । सामुदायीक विद्यालयमा ५९ वटा चर्पी, ७ वटा ठुला, ४ कोठे भवन, ८ वटा २ कोठे भवन, र जिर्ण वनेका पुराना विद्यालयमा ३४ लाख रकमको मर्मत असार मसान्तसम्म खर्च गर्ने लक्ष्य रहेपनि पुरा हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका सात्तला, काशिकाँध, भैरीकालीकाथुम गाविस र नारायणनगर पालिकामा ठुला भवन निमाण सक्नुपर्नेमा भएपनि असामसान्तसम्म सकिएको छैन् । विद्यालय भवन निमाणका लागी दिएको रकम विद्यालय प्रशासनले अन्यत्रै लगानी गर्दा कतिपय स्थानका भवन बन्न नसकेको जिल्ला शिक्षा अधिकारी गोतामेले बताए । विद्यालयको रकम दुरुपयोग बड्न थालेपछि जिल्ला शिक्षा कार्यालयले कारवाहि स्वरुप ति विद्यालयको शिक्षकको तलप तथा खाता रोक्का गरीदिएको जनाईएको छ । कारवाहीमा परेका विद्यालयको भवन तत्काल निमाण, शिक्षक विद्यालयमा नियमित उपस्थीति र विद्यालय नियमित सञ्चालन भएमा अनुगमन पश्चात विद्यालयको खाता खोलीदिने जिल्ला शिक्षा अधिकारी गोतामेले बताए ।

प्रतिक्रिया