सम्झनामा पञ्चै वाजा

सम्झनामा पञ्चै वाजा

एच.एस. थापा
दैलेख, भाद्र २६ – हाम्रो समाजमा पञ्चेबाजाको माग एक पटक यस्तो थियो की पञ्चेबाजा बजाउने दमाई समुदायलाई भ्याईनभ्याई हुन्थ्यो । गाउँघरदेखी शहरबजारसम्म पञ्चेबाजाको तालमा रमझम गर्नेहरुको लर्को नै लाग्थ्यो । अभिभावकपनि छोराछोरीको विहेको सिजनभरि प्रायजसो पञ्चेबाजा नै बजाएर गाँउ नै पञ्चेबाजामय बनाउँदै घन्काथे । पञ्चेबाजाको आवास सुन्नासाथ घरघरबाट मानिस ओइरो लाथ्यो । माहोल खुवै रमाईलो । अहिले जति धुमधाम गरेपनि पञ्चेबाजाको छेउ समेत नलाग्ने । तर, अहिले बञ्चेबाजा विहेमा के वर्षमा एक दुई दिन हुने भब्य सार्वजनिक कार्यक्रम समेत देख्नै मुस्किल हुने गरेको छ । बाजा बजाउनका लागि पनि व्यवस्था अहिलेभन्दा निकै राम्रो हुन्थ्यो । पञ्चेबाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडाखेल, श्रमनाच र युवायुवती मादलको तालमा रमाईलो समेत गर्थे । सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान समेत छिनभरमै मेटिन्थ्यो । खाजा, खाना खाएर बञ्चेबाजा धित मरुन्जेल हेर्थे,रमाउँथे पनि ।

पंञ्चेबाजा बजाउँदै एक समुह
पंञ्चेबाजा बजाउँदै एक समुह

तर, केही वर्षयता विरनै मात्र विहेवारीमा पञ्चेबाजा देखीने बाहेक बज्नै छाडेको छ । शिक्षादिक्षा र रोजगारीमा शहर छिरेका युवायुवतीले उतै प्रेमका माध्यमबाट मन्दिरमा विहे गरी भि¥याउन थालेपछि गाउँघरमा पञ्चेबाजाको ध्वनी सुनिन छाडेको हो । विहेको शैलीमा परिवर्तन आउँदा पनि बाजाको उमंगमय ध्वनी नसुनिने गरेको हो । पछिल्लो समयमा सञ्चार क्षेत्रमा आएको परिवर्तनले मागी विहे गर्ने विरलै पाइन्छन् । छोरा हुन वा छोरी विहेवारीमा स्वतन्त्र छन् । विहेको छिनोफानो केटाकेटीले नै आफै गर्ने भएकाले अभिभावकले पहिले जसरी दुलाहा र दुलही खोजेर धुनधाम विहे गर्ने परम्परा हराउन थालेकाले पनि पञ्चेबाजा बजाउने चलन हटेको डाँडाँपराजुलका ६३ वर्षिय वृद्ध मोतीराम भट्टले बताए ।
मन्दिरमा विहे गर्ने प्रचलनका कारण गाउँ–गाउँमा विहेको उमंग ह्वातै घटेको छ । विहेको सिजन समेत गाउँमा बाजागाजाको रौनक छैन । ज्योतिषको काम गर्दै आएका लकान्द्र – ५ का नारायण जैसीले मागी विहे घट्नु र प्रेम विहे बढनुले पञ्चेबाजामा कमी आएको बताए । “स्कुल पढ्दा पढ्दै आजभोलीका केटाकेटी माया वस्छ, गाउँमा बसेपछि गाली खाईने डरले शहरतिर छिरेर मन्दिरमा विहे गर्छन ।” उनले भने ।
łमागी विहेमा घरबाट भाग्नु पर्देन्थ्यो,सबै दाजु,भाई,दिदी,बहिनी रमाइलो गर्थे । मागीमा विहेमा घरमा पञ्चेबाजाको झ्याँईझ्याँई आवाज सहित भोजभतेरमा हुन्थ्यो ।’ सेरीस्थित तल्लोगुरासेका ७४ वर्षिय वृद्धा पशुपती लामेछानेले भने, दुलाहालाई घोडामा र दुलहीलाई डोलीमा बोकेर पञ्चेबाजाका अगाडी लाएर जन्तीको लावालस्कर दुलही लिन जानु मञ्जा बेग्लै हुन्छ । पञ्चेबाजा अन्र्तगत दमाहा, ट्याम्को, झ्याली नरसिंगा र सनई पर्दछन् । दमाईले शुभकार्यमा पञ्चेबाजा बजाउने हुँदा अचेल विहेमा विरलै बाजा देख्न पाइन्छ । उसो त पञ्चेबाजा बजाउन कमी आएकाले दमाई समुदायका युवाले बैकल्पिक रोजगारीका बाटोहरु समातिरहेका पादुकाका दमाह गोविन्द दमाईले बताए । युवाले रोजगारीतिर लागेपछि जिल्ला वा गाउँका विभिन्न सभा, समारोहमा बालक र बुढापाकाले मात्र बाजागाजा बजाएको देख्न पाइन्छ ।

प्रतिक्रिया