मिल क्लस्टर वैठक सम्पन्न

मिल क्लस्टर वैठक सम्पन्न

एच.एस.थापा
सुर्खेत, भाद्र २६ – सेभ द चिल्ड्ेनको साझेदारीतामा स्थानीय साझेदार संस्थाद्धारा संचालित कार्यक्रमको मिल क्लस्टर वैठक सुर्खेतमा सम्पन्न भयो । किडार्क कालिकोट, वांके युनेस्को क्लव, एस.डि.एफ वांके र सोसेक दैलेखकाका संस्थाका फोकल व्यक्ति, मिल अफिसर, मिल सहायकको सहभागिता रहेको कार्यक्रममा मिलको प्रगति समिक्षा गरिएको थियो ।

मिल क्लस्टर वैठकमा सोसेक कार्यकारी निर्देशक डम्वर वहादुर कार्की प्रस्तुतिकरण गर्दै
मिल क्लस्टर वैठकमा सोसेक कार्यकारी निर्देशक डम्वर वहादुर कार्की प्रस्तुतिकरण गर्दै
मिल क्लस्टर वैठकका सहभागि
मिल क्लस्टर वैठकका सहभागि
मिल क्लस्टर वैठकका सहभागि
मिल क्लस्टर वैठकका सहभागि

कार्यक्रमको गुणस्तर सुधारका लागि अनुगमन, मुल्यांकन, जवाफदेहिता र सिकाई (मिल) ले सहयोग गर्ने भएकाले यो प्रणाली महत्वपुर्ण रहेको सेभ द चिल्ड्ेनका जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराईले वताउनु भयो । कार्यक्रममा हालसम्म भएका गतिविधी, सिकाई र चुनौतिका विषयमा छलफल गरिएको थियो । क्लस्टर वैठकमा सिनीयर मिल संयोजक चन्द्र शाहले साझेदार संस्था र सेभ द चिल्ड्ेन मिलको कार्यढांचा वारे जानकारी गरिएको थियो । कार्यढाँचालाई सवै साझेदार संस्थाले अनुसरण गर्ने छलफल भएको सोसेक दैलेखका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले वताउनु भयो । समुदायमा कार्यक्रमसंग सम्वन्धित सवालहरु कसरी सामाधान गर्ने, आएका गुनासोलाई कसरी सम्वोधन गर्ने, लगायतका विषयमा छलफल भएको थियो । यो कार्यक्रमका सहजीकरण सिनीयर मिल संयोजक चन्द्र देव शाह, मिल अधिकृत द्धय ईमरान अन्सारी, सदिक्षा मल्लले गर्नु भएको थियो ।

प्रतिक्रिया