मध्यपहाड लोकमार्ग सदरमुकाममै ट्रयाक खोल्न सकिएन्

मध्यपहाड लोकमार्ग सदरमुकाममै ट्रयाक खोल्न सकिएन्

ज्वाला सन्देश समचारदाता
दैलेख, भाद २८– विवादकै कारण दैलेख सदरमुकामको ४ स्थानमा मध्यपहाडी लोकमार्गको रेखाङकन गरियो । स्थानीयकै अवरोधले अहिले पुर्वपश्चिमसम्म जोडिएको मध्यपहाड लोकमार्गको ट्रयाक खोल्न नसकिएको हो । दर्जनौ पटक सर्वदलिय, सर्वपक्षिय विभिन्न बैठकमा सहमत गराएपनि ठेकेदारले काम सुरु गर्दा स्थानीयहरुले अवरोध गरेकै कारण काम अघि बढ्न सकेको छैन् । सभाषद्देखी सिडिओ, एलडिओ समेत ट्रयाक खोल्नका लागि निकै कसरत गरे । तर, क्याविनेट बैठकबाट सदरमुकामबाट ९ मिटरमात्रै सडक लिईने निर्णय गरिनुपर्ने भन्दै स्थानीयले बारम्वर अवरोध गरेका हुन् । आर्थिक वर्ष ०६४÷०६५ वैकल्पिक मार्गका रुपमा निर्माण थालिएको मध्यपहाडी राजमार्ग देशभर ट्रयाक खोलिसकिएको भएपनि दैलेखमा ५० मिटर जग्गा सडकले लिने भन्दै विरोध गरेका हुन् । मध्यपहाड लोकमार्गका बारेमा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आयोजनाले पु¥याउने क्षति, वातावरणिय अध्यायन, मुआब्जा लगायतका विषयमा जानकारी नै नगराएर निर्माण कार्य थालिदा अवरोध लगायतका समस्याहरु थुप्रिएको हो ।
लोकमार्ग निर्माणपछि अवस्थाका बारेमा परियोजनाको तर्फबाट स्थानीयहरु बेखवर हुँदा हल्लैहल्लामा भएको क्रसले लोकमार्गको काममा अवरोध भएको छ । देशभर मध्यपहाडको ट्रयाक खोलिएपनि दैलेख सदरमुकामबाट खोल्न सकिएको नसक्दा विवाद चुलिएको हो । पटक पटक सदरमुकामको काँडाचौरमा मध्यपहाडी आयोजनाका ईन्जिनियिर, जिल्लाका राजनितिक दल, सभाषद् र स्थानीय निकायका प्रमुखहरु सहित ट्याक खोल्न पुग्दा समेत स्थानीयले अवरोध कायममै राखेपछि समस्या सुल्झन नसकेको हो ।
यसअघि पनि लोकमार्गको बारेमा बुझ्न आएका राष्ट्रिय योजना आयोगको टिम दैलेख आएको थियो । लोकमार्गको अवस्थाबारे छुट्टै अनुगमन टिम बनाईनुपर्ने र लोकमार्गको फाईदा÷बेफाईदाका बारेमा लोकमार्ग आसपासका बस्तीसम्म आयोजनाबाट कुनै पनि क्रियाकलाप नभएको लगायतका गुनासा स्थानीय राजनिति दलहरुले गरेका थिए । स्थानीयहरुलाई आयोजनाका बारेमा सहि सुचना दिई प्राविधिकहरुले छोटो गुणस्तर सडक खन्न लगाईनुपर्ने जिल्लाका नागरिक अगुवाहरुले बताए । चलनचल्तीको मुआब्जा नपाईने डरले धेरै लोकमार्ग आसपासमा पर्ने घरहरुकै कारण भएको अवरोध फराकिलो हुन अँझै सकेको छैन् । यसअघि डाँडीमाडी या दुल्लु, जगनाथ या मेहेलतोली, रातानाङला या दैलेख बजारभन्ने विवाद चर्किएको थियो । सदरमुकामको अस्पताल र विचभागबाट लैजाने क्रममा मुआब्जा बढी तिर्नुपर्ने तथा स्थानीयले अवरोध गरेपछि काँडाचौरस्थित नेपाली सेनाको ब्यारेक छेउबाट लैजानका लागि ३ महिनादेखी गरिएको प्रयास सफल हुन नसकेको हो । सदरमुकामका कुनै पनि भागबाट लोकमार्ग लैजादा विरोध आउन थालेपछि मध्यपहाडी लोकमार्गले दैलेखकै चुप्रा भएर लैजाने तयारी समेत गरेको छ ।

प्रतिक्रिया