८० टन विउ निर्यात

८० टन विउ निर्यात

गोविन्द केसी
दैलेख, भाद्र २८ – यहाँका किसानहरु गत आर्थिक वर्षमा ८० टन मकैको विउ उत्पादन गरी निर्यात गरेका छन् । उनीहरुले जिल्लामै भण्डारण गरी आधुनिक विउ छान्ने मेशिनबाट प्याकेजिङ गरी जिल्ला बाहिर निर्यात गरेका हुन् ।
नारायण नगरपालिका र दुल्लुनगरपालिका सहित कालभैरव, बेलपाटा, मालिका, गमौडी, बराह, विन्ध्याबासीनी, डाँडाँपराजुल लगायत एक दर्जन गाविसका किसानहरुले मकैको विउ उत्पादन गरेका थिए । १४ समुहमा विभाजन भएर किसानहरु मकैंको विउ ४१ हेक्टर क्षेत्रफलमा लगाएका थिए । गत आर्थिक वर्षमा किसानहरुले ४३ लाख ४० हजारको विउ विक्रि गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । विउ उत्पादनबाट आम्दानी राम्रो गर्न सकिने भएपछि किसानहरुमा आर्कषण बढेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले बताए । किसानहरुले न्यूनतम एक सिर्जनमा विउ विक्रि गरेर मात्र ५ हजारदेखी ३५ हजारसम्म कमाउने गर्दछन् । किसानहरुले उत्पादन गरेको विउ भण्डारणका लागि विभिन्न गाविसहरुमा १६ भण्डार गृहहरु रहेका छन् ।
भण्डार गृहमा रहेको विउ दुल्लुमा सुविधासम्पन्न रुपमा निर्माण गरिएको विउ चिस्यान गृहमा रहेको मेशिनहरुबाट तयार पारिन्छ । łचिस्यान गृहमा विउ पु¥याईएपछि मेशिनबाटै विउ छानिन्छ । “विउ भण्डार गृहका अध्यक्ष तिलक रिजालले भने, चिस्यान नाप्ने यन्त्रमा मकै राखीएसंगै मेशिनबाटै प्याकिङ, मकैबाट आउने सेतो भुल्ताहरु मेशिनबाटै बताएर सफा पारी सुकाउनेसम्म काम मेशिननै गर्छ । सुकाएर तयारी मकै विउ गोदाम घरमा विक्रिका लागि तयार हुन्छ ।” किसानहरु प्रति केजी विउ ४३ रुपैँयामा विक्रि गर्दछन् ।
łगाँउमै सुविधासम्पन्न विउ भण्डार गृह भएपछि किसानहरुले उत्पादन गरेको विउको वितरणमा सहज भएको छ ।’ वरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले भने, गुणस्तरिय विउ उत्पादन हुने भएकाले बाहिरि जिल्लाहरुमा माग बढी भएपनि पु¥याउनै सकिएको छैन् । किसानहरुले सरकारले दिईने सहुलियत दरबाट विउ लगेर उत्पादन गर्ने गर्दछन् । उनीहरुले ७५ प्रतिशत अनुदान सहुलियतमा लगिएको विउबाटै विउ उत्पादन गरेर विक्रि गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयले जनाउको छ । आफुहरुले विउबाट जम्मा भएको पैसाले चामल किनेर जिविकोपार्जन गर्नुका साथै परिवारलाई आवश्यक सामाग्री किने समेत गरेको हातेमालो विउ उत्पादन संस्था मालिकाका किसान विष्णुबहादुर शाहीले बताए । łमकै विउ उत्पादनपछि किसानहरुमा आम्दानीले राम्रो गरेको छ ।’ किसान शाहीले भने, परम्परागत खेतीभन्दा नयाँ उन्नत जातको विउ उत्पादन गर्न पाउदा खुसी लागेको छ । विउ उत्पादनमा सरकारले किसानहरुलाई आर्कषण गर्न थालेपछि किसानहरु निकै प्रभावित भएको सरस्वती बहुउद्देश्य कृषि सहकारी संस्था दुल्लुका लोकप्रसाद उपाध्यायले बताए ।

प्रतिक्रिया