२२ हजारले पाए, łभत्ता’

२२ हजारले पाए, łभत्ता’

गोविन्द केसी
दैलेख, भाद्र २८ – जिल्ला विकास समितिले आर्थिक वर्ष ०७१÷०७२ मा सामाजिक सुरक्षा भत्ता २१ हजार ९ सय ७६ जनालाई वितरण गरेको छ । गाविस सचिव मार्फत टोलटोलमा वितरणको ब्यवस्था मिलाईएपछि सामाजिक सुरक्षा भत्ता पाएका हुन् ।सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुने गुनासो बढेपछि यो वर्षदेखी जिल्ला विकास समितिले कडाईका साथ निगरानी राख्न थालेपछि वितरणमा प्रभावकारी भएको जिविसका शासनविद् जनक भट्राईले बताए । विगतमा गाविसले नै भत्तानै ब्यक्तिगत कार्यमा खर्च गर्ने ब्यापक गुनासो आएपछि दैलेखमा यसवर्ष वितरणमा राम्रो प्रगती देखीएको जनाईएको छ ।
जिल्लामा वितरण गरिएको सामाजिक सुरक्षा भत्तामा आन्सिक अपाङग १ सय ७३ जनालाई ६ लाख ६७ हजार ८ सय, एकल महिला ४ हजार ४ सय ६४ जनालाई २ करोड ६५ लाख ८१ हजार ५ सय, जेष्ठ नागरिक ३ हजार ३ सय ७९ जनालाई ६ करोड १९ लाख ६२ हजार, दलित बालबालिका ५ हजार ४ सय १० जनालाई करोड ५९ लाख २६ हजार ४ सय, पूर्णअपाङग ४ सय २ जनालाई १५ लाख ५९ हजार, लोपोन्मुख जनजाती राउटेका ३ सय ३ जनालाई १२ लाख ९७ हजार, र ७० वर्षभन्दा माथिका वृद्धहरुलाई उपचार खर्च बापत ७ हजार ८ सय २७ जनालाई ५६ लाख ५४ हजार वितरण गरेको जिविसले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
सवैभन्दा बढी सामाजिक सुरक्षा भत्ता चामुण्डामा ५९ लाख ४५ हजार ९ सय र सवैभन्दा कम कालिकामा ७ लाख ३ हजार ९ सय वितरण गरियो । गाँउमै पुगेर सचिवहरुले घरघरमै पुगेर बाडने गरेको छ । जिल्ला स्तरिय, गाविस स्तरिय भत्ता वितरण प्रकृयाका बारेमा अनुगमन समितिले निगरानी राख्ने गर्दछ । भत्ता वितरण प्रभावकारी बनाउँन गाँउमै अनुगमन गरिएको जिविसका सुचना अधिकृत शमशेरबहादुर शाहीले बताए ।

प्रतिक्रिया