दिदिबहिनीलाई तिज उपहार

दिदिबहिनीलाई तिज उपहार

दैलेख, भाद्र (ज्वाला सन्देश समचारदाता) २९ – आफ्ना महिला लद्यु उर्जा उद्यमी ब्यवसायीहरुलाई एनएमबि बैंक शाखाले हरितालिका तिज २०७२ को अवसरमा तिज उपहार वितरण गरेको छ । तिज शुभकामना दिदै आफ्ना उद्यमी ब्यवसायी महिलाहरुलाई बैंकले उपहार दिएको हो ।

महिला उद्यमीलाई तिज उपहार दिदै बैकका प्रवन्धक प्याकुरेल
महिला उद्यमीलाई तिज उपहार दिदै बैकका प्रवन्धक प्याकुरेल

बैंकले चुप्रा वजार, भैसीखोर वजार, गणेश चोक, पुरानो वजार,विजौरा, नयाँवजार लगायतका क्षेत्रमा रहेका करिव ३०० जना महिला ब्यवसायीलाई तिज शुभकामना दिदै सम्झना स्वरुप तिज उपहार वितरण कार्यक्रम गरेको हो । उपहार वितरण बैंक शाखाका प्रवन्धक मित्रराज प्याकुरेलले गरेका हुन् । उक्त उपहार वितरणमा केन्द्र«का अध्यक्षहरुले वैंकले बिना धितो ब्यवसाय सञ्चालनमा कर्जा प्रवाह गदै सम्झना स्वरुप हरीतालिका तीजको अवसरमा उपहार बितरण कार्यक्रमले आफुहरु खुशी रहेको उद्यमीहरुले बताएका छन् । तिजमा महिला उद्यमीहरुलाई सम्झना स्वरुप तिज उपहार दिईएको प्रवन्धक प्याकुरेलले बताए ।

प्रतिक्रिया