एक लाख भन्दा वढी राजस्व संकलन, आफ्नै भवन नहुँदा समस्या ।।

एक लाख भन्दा वढी राजस्व संकलन, आफ्नै भवन नहुँदा समस्या ।।

ज्वाला सन्देश समचारदाता
दैलेख असोज –२, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिनामा १ लाख बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिना भरी नियम बिपरीत सञ्चालन हुने बिभीन्न सवारी साधनहरुबाट १ लाख ३ हजार ९ सय ५० रुपैया राजस्व संकलन गरिएको हो । नियम मिचेर चलेका ५६ बसबाट १४ हजार ३ सय, ९२ ट्रकबाट १८ हजार ८ सय, ८० ट्रयाक्टर बाट १६ हजार ५ सय पचास रुपैया राजस्व संकलन गरेको छ । यस्तै ६० वटा जिप कारबाट १८ हजार, र १ सय ६१ मोटरसाईकल बाट ३६ हजार ३ सय गरी कुल १ लाख ८ सय राजस्व संकलन गरेको जिल्ला ट्राफीक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक छबिलाल ढकालले वताउनु भयो ।
यसरी प्रत्येक महिना लाखौँ राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आफ्नै कार्यालय सञ्चालनको लागि पर्याप्त भवन र दैनिक, मासिक र बार्षिक डाटा राख्ने कम्प्युटर नहुँदा निकै समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरिक्षक छविलाल ढकालले बताउनु भयो । उहाँले एक त सानो र साँघुरो कोठा नभएर एउटै कोठामा अफिस सञ्चालन गर्नु परेको समस्या त छँदै छ अर्कातिर आफुहरुले दैनिक गरेको कामको डाटा राख्ने कम्प्युटर नहुँदा निकै समस्या भएको बताउनु भयो । दिनभरी गरेको कामको साँझ ह्वाईट पेपरमा लेख्नु पर्ने र बर्षातको समयमा झरी पर्दा कागजात भिज्ने, मुसाले काट्ने, पुरानो भएर च्यातिएर जाने र कमिलाले गुड बनाउने समस्याले निकै सताउने गरेको ढकालले बताउनु भयो । उहाँले थप्नु भयो “आफुहरु सहयोगी हातहरुको पर्खाईमा रहेका छौं ।” जिल्ला ट्राफिक प्रहरी कार्यालको आफ्नै भवन निर्माणको लागि पहल भैरहेको र आफुले लिखित जानकारी माथि पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक विरबहादुर वलीले बताउनु भयो । ट्राफिकको आफ्नै भवन भएको भए विभिन्न सामाग्रि राख्ने दखि लिएर धेरै कुराको सहजता हुने भन्दै जिल्ला प्रहरी कार्यालयको पनि प्रशासनिक भवन बाहेकका अन्य भवनहरु जिर्ण अबस्था रहेको वलीले बताउनु भयो । अब छिट्टै ट्राफिक भवन नयाँ ठाउँमा आफ्नै घर बनाएर वा कोठा भाडामा लिएर अलिक राम्रो ठाउँमा सार्न आफुले भरपुर पहल गर्ने र त्यो गर्न सकियो भने ट्राफिकको दैनिक कामकाजमा निकै सहजता आउने वलीले बताउनु भयो ।

प्रतिक्रिया