कृषकद्धारा सामुहिक लिजमा तरकारी खेती

कृषकद्धारा सामुहिक लिजमा तरकारी खेती

ज्वाला सन्देश समचारदाता
दैलेख असोज–१, सेरी गाविस वडा नं.२ टोटापोखराका कृषकहरुले सामुहिक लिजमा तरकारी खेती शुरु गरेका छन् । सो गाविसमा रहेको जिवनरेखा कृषि तथा पशुपालन सहकारी संस्थामा आवद्ध ति कृषकहरुले स्थानियको वारीलाई भाडामा लिई सामुहिक लिजमा तरकारी खेती गरेका हुन् ।

सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घर
सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घर
सेरी २ मा तरकारी खेति
सेरी २ मा तरकारी खेति
सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घर
सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घर
सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घरमा तरकारीलाई सिचाई गर्दै कृषक
सेरी २ मा लिजको जंगामा निर्माण गरिएको प्लाष्टिक घरमा तरकारीलाई सिचाई गर्दै कृषक

कृषकहरुले भाडामा लिईएको जग्गामा प्लाष्टिक घर निर्माण गरी अहिले टमाटर खेती शुरु गरेका छन् । सो सहकारी संस्थामा आवद्ध ३४ घरपरीवारमध्ये अहिले २४ घरपरीवार मात्र सामुहिक लिजमा तरकारी खेतीमा लागेको अध्यक्ष वुढाले वताए । स्थानिय जग्गाधनी वालकुमारी शाहीले परम्परागत खेती गर्दा १ हजार भन्दा कम आम्दानी हुने जग्गामा अहिले भाडामा दिदा ३ महिनामा अहिले ६ हजार ५ सय कमाई भएको वताईन् र्। मेरो जग्गावाट अहिले प्रत्येक कृषकले ३० हजारसम्म कमाई गरेका छन् , उनले भनिन् । मौसम अनुसार प्रतिघर ५ सय रुपैंया भाडा तिर्ने गरी ति कृषकले २४ वटा प्लाष्टिक घर निर्माण गरी सामुहिक तरकारी खेती गरी आयआर्जनमा लागेको सहकारी संस्थाका अध्यक्ष धनवहादुर वुढाले जानकारी दिएका छन् । सोही ठाउका दुई स्थानमा क्रमशः ११ र १३ वटा प्लाष्टिक घर निर्माण गरी ति कृषकहरु सामुहिक तरकारीतिर उन्मुख भएपछि त्यस वरपरका स्थानियहरु पनि तरकारी खेतीतर्फ आकर्षित भएका सहकारी संस्थाका उपाध्यक्ष तिला विकले वताईन् ।
ति कृषकहरुलाई सामुहिक तरकारी खेतीमा सहयोग गर्न उच्च मुल्य कृषिवस्तु विकास आयोजनाले वेमौसमी तरकारी मुल्य श्रृखंलाअन्तर्गत सो सहकारी संस्थासंग ८ लाख रुपैंयाको सम्झौता भएकोमा अहिले २ लाख ५९ हजार निकाशा भई सोही रकमवाट प्लाष्टिक घर निर्माण गरीएको कृषक वालकुमारी विकले जानकारी दिईन् । क्षमता विकास तथा प्राविधिक सहयोग सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले गरिरहेको समुहका सदस्य प्रेम वहादुर शाहीले वताउँनु भयो ।

प्रतिक्रिया