वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिम सम्पन्न

वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिम सम्पन्न

ज्वाला सन्देश समचारदाता
दैलेख अशोज–४ गते, पातिकान्ला बजारमा दुई दिने वाल केन्द्रित विपद् ब्यबस्थापन तालिम सम्पन्न भएको छ । तालिमा सेरी र खड्कबाडा गाविसका उच्च मावि, मावि, निमावि र प्राथामिक विद्यालय गरि पन्ध्र विद्यालयका प्राचार्य, प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालय बाल क्लवका अध्यक्ष र शिक्षक, विद्यार्थी अविभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

वाल केन्द्रित विपद् ब्यबस्थापन्  तालिमका सहभागिहरु समुह कार्य गर्दै
वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिमका सहभागिहरु समुह कार्य गर्दै
वाल केन्द्रित विपद् ब्यबस्थापन्  तालिमका सहभागिहरु समुह कार्य गर्दै
वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिमका सहभागिहरु समुह कार्य गर्दै
वाल केन्द्रित विपद् ब्यबस्थापन्  तालिमका सहभागिहरु
वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिमका सहभागिहरु
वाल केन्द्रित विपद् ब्यबस्थापन्  तालिमका सहभागिहरु
वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिमका सहभागिहरु

तालिममा विद्यालयमा विपत् पर्दा , के कसरी उद्धदार गर्ने ? विपद् पूर्व र विपद् पश्चात के कस्ता सावधानी अपनाउने, बालबालिका कस्तो कस्तो जोखिमा हून्छन्, नेपाल सरकारको विपद् ब्यबस्थापन सम्बन्धि नीति नियम र संरचना सम्बन्धि प्रशिक्षण दिईएको थियो ।
सेरी र खड्कबाडा गाविसको छुट्टा छुट्टै हलमा विद्यालय विपद् ब्यबस्थापन तालिम सञ्चालन गरिएको थियो । सनताउन्न जना सहभागि रहेका तालिमको सहजीकरण सीताकुमारी राना, भुपेन्द्र वहादुर शाही, खगेन्द्र वहादुर शाही र डिल्ली खनालले गरेका थिए । विद्यालयलाई भयरहित वनाउन यो तालिमको आयोजना गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) की सामाजिक परिचालक ज्योति शर्माले वताउनु भयो । यस प्रकारको तालिम दैलेखकै लालिकाँडा र पिलाडि गाविसमा पनि सम्पन्न भएको सामाजिक सेवा केन्द्र दैलेखका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले जानकारी दिए ।
सेभ द चिल्ड्रेन नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको साझेदारी संचालित एकिकृत परियोजनाद्धारा वाल केन्द्रित विपद् व्यवस्थापन तालिम संचालन गरिएको हो ।

प्रतिक्रिया